बाघ बाँके निकुञ्जको उद्धार केन्द्रमा

बाघ बाँके निकुञ्जको उद्धार केन्द्रमा

गुलरिया : पछिल्लो समय बर्दियाको खाता जैविकमार्ग क्षेत्रमा मानवीय लगायत पशुधनको क्षति पुर्याउँदै आएको आदमखोर बाघ नियन्त्रणमा निइएको छ । बाघलाई बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा पठाइएको छ । निकुञ्जको प्राविधिक टोलीले पाटेबाघलार्ई नियन्त्रणमा लिएको हो ।

आक्रामक बाघ नियन्त्रण गर्न विज्ञसहितको टोली संवेदनशील क्षेत्रमा परिचालन गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । 

हामीले दुई दिनमा दुईवटा बाघ नियन्त्रणमा लिन सफल भएका छौं । खाता क्षेत्रमा नियन्त्रण गरिएको बाघ १० वर्षको छ । ‘पछिल्लो समय खाताक्षेत्रको घटनापछि राखिएको क्यामरामा पटकपटक परेको बाघ हामीले नियन्त्रणमा लिएका हौं’, उनले भने, ‘बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा दुई वटा बाघ पहिले देखिनै छन् । ठाउँ अभावले खाताबाट नियन्त्रणमा लिएको बाघ बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा पठाएका छौं ।’ 

बर्दियाको गेरुवा गाउँपालिका क्षेत्रको आक्रामक पाटे बाघ निकुञ्जले बुधवार नियन्त्रणमा लिएको थियो । विशेष प्रविधिबाट अनुगमन गरी पहिचान गरिएको बाघ सूई मार्फत लठ्याउने विधि (डार्ट) मार्फत नियन्त्रणमा लिइएको हो । 

बाघको पहिचान गर्न निकुञ्जले गेरुवा–कर्णाली नदी तटीय क्षेत्रमा अटोमेटिक क्यामरा जडान गरी आधा महिनादेखि अनुगमन गरेको उनले प्रष्ट्याए । गेरुवा क्षेत्रमा मानवीय तथा पशुधन क्षति गर्ने बाघ ११ वर्षको छ ।

यससँगै संवेदनशील क्षेत्रमा घटनामा कमी आउने निकुञ्जको विश्वास छ । जंगल क्षेत्रमा जथाभावी प्रवेश नगर्न संरक्षण अधिकृत श्रेष्ठले अनुरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.