रामचन्द्र पौडेलको चिन्ता: सत्ता भन्दा पनि व्यवस्था बचाउनै मुस्किल
दाङ: नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको राजनीतिक व्यवस्था बचाउन नै मुस्किल भएको बताएका छन् ।
राजनीतिक अन्योल बढ्दै गएको सन्दर्भमा उनले अहिले सत्ता भन्दा पनि व्यवस्था बचाउने काम महत्वपूर्ण भएको बताए । र कांग्रेस अहिले व्यवस्था बचाउन लागेको बताए ।
‘अहिले व्यवस्था नै बचाउन मुस्किल भएको छ,’ उनले भने, 'लोकतान्त्रिक व्यवस्थामा कालो बादल मडारिरहेको छ, व्यवस्था नै अन्योलको अवस्थामा पुगेको छ ।'
यससँदै कांग्रेस समेत अहिले अन्योलमा रहेको उनले बताए । नेपाली कांग्रेसका नेता तथा पूर्व माननीय लोकमणि गिरीको १३ औं दिनको अवसरमा दाङको तुलसीपुरमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा बरिष्ठ नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्रीको संसद विघटनको निर्णय स्मरण गर्दै उनले सत्ता भन्दा पनि व्यवस्था बचाउनुपर्ने परिस्थिति आएको बताए ।
यस्तै प्रधानमन्त्रीका गलत काममलाई पनि राष्ट्रपतिले सहयोग गरिरहेको र राष्ट्रिपतिले सर्वदलीय बैठकमा प्रधानमन्त्रीको भाषा बोलेकोमा नेता पौडेलले आपत्ति जनाए ।