हामी आधुनिकतातर्फ जाँदैछौँ : प्रधानमन्त्री ओली

हामी आधुनिकतातर्फ जाँदैछौँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले देश अब आधुनिकतातर्फ अगाडि बढेको बताएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उद्योगी व्यवसायीसँगको छलफलमा बोल्दै ओलीले यस्तो बताएका हुन् । 

‘हामी आधुनिकतातर्फ जाँदैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘इतिहास झल्कने, आधुनिकता टल्कने अभियानमा हामी छौँ ।’ यही अभियान अनुसार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार भएको उनको भनाइ छ । ओलीले आधुनिकता टल्काउने नाममा इतिहासलाई भुल्न नसक्ने प्रष्ट पारे । 

‘हामी आधुनिकतातर्फ जाँदैछौँ तर हामी गौरवपूर्ण इतिहासलाई सम्झिएर परिवर्तनलाई कायम राख्दै अगाडि बढ्छौँ’, ओलीले भने, ‘हाम्रो काममा इतिहास पनि झल्किन्छ र विकास पनि अगाडि बढ्छ ।’ कोरोना संक्रमणका कारण नेपालको पर्यटन क्षेत्र समस्यामा परेको स्वीकार गर्दै ओलीले कोरोनाका कारण केही काम गर्न नसकेको बताए । 

उद्योगी व्यवसायीलाई राजनीतिक विषय सुनाउनु आवश्यक नभएको भन्दै ओलीले एद्योग र व्यवसायका क्षेत्रमा आफूले गरेका कामबारे जानकारी गराए । एमालेको एउटा समूहले राष्ट्रिय भेला गरेकोप्रति व्यङ्ग्य गर्दै ओलीले त्यो व्यवसायिका लागि सरोकारको विषय नै नभएको बताए । 

‘समृद्ध नेपाल सुखी नेपाली’ नाराका साथ सरकार अगाडि बढेको उनको भनाइ छ । उनले सुखसँगै सम्मानयुद्ध जीवन बाँच्न पाउनुपर्नेमा जोड दिए । नेपालमा माडवाडी समुदाय धनी भए पनि हेपिएको महसुस गरिराखेको भन्दै गुनासो आएपछि त्यसको जवाफमा भने, ‘हामी सुखसँगै सम्मानयुद्ध जीवन बाँच्न पाउनुपर्छ, मलाई लाग्छ उहाँले भन्नु भएको कुरा त्यही हो । त्यसैले त हामीले समृद्ध नेपाल सुखी नेपाली’ अभियान चलाएका हौँ ।’ 

ओलीले कृषि, उद्योग र सबै क्षेत्रमा समृद्ध नेपाल बनाउने चाहना रहेको प्रष्ट पारे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.