भोलिदेखि गैंडा गणना

भोलिदेखि गैंडा गणना

चितवन : दुर्लभ जन्तु एकसिंगे गैंडा गणनाको तयारी अन्तिम चरणमा पुगेको छ। सोमबारबाट गरिने राष्ट्रिय गैंडा गणना गर्न लागिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गणना गर्न लागिएको हो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाइएको छ। राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिनेछ। यस्तै चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र १९ गते शुक्लाफाँटामा गणना गरिनेछ। हात्तीको प्रयोग गरेर गैंडा गनिन्छ। 

हात्ती जहाँ पनि पुग्न सक्ने भएकाले यसको प्रयोग बढी हुन्छ। गैंडा गणनामा सहभागी हुने हात्तीको छनोट गरिएको छ। स्वास्थ्य परीक्षण गरेर गणनामा जाने झन्डै ४० वटा हात्ती तयारी अवस्थामा राखिएको छ। गैंडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ। ‘गणनाका लागि चाहिने गणक, हात्ती र प्राविधिकसहित बन्दोबस्तीको सामग्री तयारीमा लागेको  चितवन राष्ट्रिय निकुञ्ज प्रमुख अणनाथ बरालले बताए।  

‘निश्चित क्षेत्र लिएर त्यहाँ देखिएका गैंडाको फोटो खिच्ने, रिपोर्ट गर्दै जाने कुनै गैंडा भागेर अघिपछि गए त्यसको रेकर्ड राखेर जोड घटाउ गर्दै जाने हो’, उनले भने, ‘बढीमा २५ दिनमा गनेर त्यसको पाँचदिनमा नतिजा बाहिर ल्याउने गरी काम गरेका छौं।’  

४० वटा हात्तीमा गणक बसेर निश्चित दूरीमा देखिएका गैंडा गणना गर्छन्। ४० जना मुख्य गणक र वैकल्पिक २० जना हुन्छन्। गणनामा खटिनेका लागि शुक्रबारदेखि आइतबारसम्म सौराहामा तालिम आयोजना गरिएको छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले तयारी तीव्र पारिएको बताए। ‘गैंडाको पछिल्लो अवस्था, बासस्थान, विचरण र संरक्षणको आगामी रणनीतिबारे अनुगमन गरिन्छ’, उनले भने, ‘निकुञ्जका लागि मात्रै होइन हामीले अन्तर्राष्ट्रिय स्तरमा गरिएको प्रतिबद्धतामा हामी कहाँ छौ भनेर झक्झकाउँछ।’

चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुरुगरिँदैछ। पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिनेछ। गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ। चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ। गैंडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना सुरु गरिँदैछ। 

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले गणनाको लागि प्राविधिकसहितका अन्य व्यवस्थापन अन्तिम चरणमा पुगेको बताए। ‘हाम्रो तयारी अन्तिम अवस्थामा छ’, उनले भने, ‘गणनको लागि जनशक्ति र समग्रीको व्यवस्थापन भइसकेको छ।’ 

अघिल्लो गणनाको ६ वर्षपछि गैंडा गणना गर्न लागिएको हो। विगतमा हरेक चारदेखि पाँच वर्षको अन्तरमा गैंडा गणना भएको थियो। कोरोना संक्रमणका कारण गत वर्ष गणना हुन सकेन। यसअघि सन् २०१५ मा गैंडाको गणना गरिएको थियो। सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५मा गैंडा गणना भएको थियो। 

सन् २०१५ माभएको गणनाले चितवन निकुञ्जमा सबभन्दा बढी ६ सय ५ गैंडा देखाएको थियो। एकसिंगे गैंडाका लागि चितवन राष्ट्रिय निकुञ्ज दोस्रो ठूलो बासस्थान हो। बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा गैंडाको बासस्थान छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.