दोहोरो नागरिकता लिने पक्राउ
राजविराज : दोहोरो नागरिकता कसुर मुद्दामा ६ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ। सप्तरीको बोदेबर्साईन नगरपालिका–८ बैरियाही बस्ने ३२ वर्षीय जिबछ ठाकुरलाई ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो।
फैसला कार्यान्वयनअन्तर्गत खोजतलासका क्रममा पक्राउ परेका ठाकुरलाई सोमबार साँझ जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले कैद भुक्तानका लागि राजविराज कारागारमा थुनामा पठाएको डिएसपी माधवप्रसाद काफ्लेले बताए।
सप्तरी जिल्ला अदालतले २०७२ बैशाख १४ गते ठाकुरलाई एक वर्ष कैद र २० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेपछि उनी फरार रहेका थिए।