देउवाले भने, ‘हामी विपक्षी हो, सरकार बनाउने काम हाम्रो होइन

देउवाले भने, ‘हामी विपक्षी हो, सरकार बनाउने काम हाम्रो होइन

विराटनगर  : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अबको सरकार गठनमा अहिले मौन बस्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस संविधान अनुकुल चल्ने भएकाले अहिलेको सरकार गठन र राजनीतिक भूमिकामा बोल्ने अवस्थामा नरहेको बताए । 

तपाईले प्रधानमन्त्री ओलीको हरेक कदममा साथ दिनुभयो, सरकार गठन वा अविश्वास प्रस्तावमा किन कांग्रेस बोल्दैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले भने ‘तपाईहरु अनेक प्रश्न गर्ने ?, हामी विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, हाम्रो काम सरकार बनाउने होइन।  मेरो कुरा यति हो, प्रश्न गर्नुभएकोमा धन्यवाद म हिडें ।’

देउवाले अन्य कुनै पनि प्रश्नको जवाफ दिन अस्विकार गरे । मोरङमा आयोजित केही कार्यक्रममा सहभागी हुन देउवा हवाईमार्ग हुँदै विराटनगर आएका हुन् । 

देउवा विराटनगर विमानस्थलमा आइपुग्दा नेता कार्यकर्ताको भीड लागेको थियो । विमानस्थलमानै कांग्रेस कार्यकर्ताले नेपाली कांग्रेस जिन्दावाद भन्दै नारा लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.