नेपाल–भारत सम्बन्ध सार्वजनिक
काठमाडौं : मनोज भट्टद्वारा लिखित नेपाल–भारत सम्बन्ध नामक पुस्तक सार्वजनिक गरिएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक कार्यक्रमका बीच पुस्तक विमोचन गरेका हुन् ।
पुस्तकमा शाह र राणाकालीन नेपाल–भारत सम्बन्ध, गोर्खा भर्तीकेन्द्र, तराई–मधेसका सम्बन्ध, माओवादी–भारत सम्बन्ध, नागरिकता, कोसी, गण्डकी सम्झौता, सीमा अतिक्रमण, कालापानी विवादलगायतका विषयवस्तु समेटिएको छ।
पुस्तक विमोचन समारोह जनमोर्चा अध्यक्ष केसीले नेपालमा विदेशी हस्तक्षेप चरम रहेको बताए। रतन भण्डारीले पुस्तकमा नेपाल–भारतका सम्पूर्ण सम्बन्ध समेटेको बताए। नरेन्द्रजंग पिटर र डा. श्रीधर गौतमले पुस्तकको विषयमा टिप्पणी गरेका थिए।