बाघ अध्ययन गर्न रेडियो कलर जडान

बाघ अध्ययन गर्न रेडियो कलर जडान

गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बाघको आनीबानी लगायत आवागमन अध्ययन गर्न स्याटेलाइट रेडियो कलर जडान गरिएको छ। निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको छ।

    
विभागले मन्त्री स्तरीय निर्णयबाट बर्दिया–बाँके कम्प्लेक्समा ४ ओटा पाटेबाघ अध्ययन गर्ने अनुमति पाए अनुरुप पहिलो चरणमा बर्दियाको पाटेबाघमा स्याटेलाइट रेडियो कलर जडान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। उनले भने, 'पहिलो बाघको अध्ययन सकिएपछि पर्फमेन्सको आधारमा अन्य बाघको अध्ययन अघि बढाउँछौं। बाघले कसरी शिकार गर्छ। राजमार्गमा कसरी आवागमन गर्छ। सबै कुराको अध्ययन गर्ने हाम्रो तयारी छ।'

'जडान गरिएको स्याटेलाइट र रेडियोबाट निकुञ्जमा आएको सूचना अनुसार फिल्ड अनुगमन गर्छौं', उनले भने, 'अध्ययन पश्चात राजमार्गमा कस्तो सडक संरचना बनाउँदा उचित हुन्छ भन्ने थाहा हुन्छ। बाघ संरक्षणको योजना बनाउन पनि मद्दत पुग्छ।' उनले पछिल्लो समय बर्दियामा भएका मानवीय आक्रमणका घटनाहरु समाधान गर्न सहज हुने बताए। बर्दियामा बाघको संख्या बढेसँगै मानवीय आक्रमणका घटनाहरु बढेको छ। 
    
साढे २ वर्षको अवधिमा बर्दिया–बाँके कम्प्लेक्समा १८ जनाले बाघको आक्रमणमा ज्यान गुमाएका छन्। वनक्षेत्रमा ७, निकुञ्जमा ९ र बाँके क्षेत्रमा २ जनाको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए। निकुञ्जले हालसम्म ४ वटा नरभक्षी बाघ नियन्त्रणमा लिएको छ। जसमध्ये एउटा बाघको मृत्यु भएको छ। बाँकेमा राखिएको बाघ भागेको छ। दुई वटा बाघहरु बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.