बस दुर्घटनामा ८ जना घाइते

बस दुर्घटनामा ८ जना घाइते

स्याङ्जा : चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस सोमबार बिहान दुर्घटना हुँदा  ८ जना घाइते भएका छन्। चापाकोट नगरपालिकाबाट १० जना यात्रु बोकेर गुडिरहेको सो बस वालिङ नगरपालिका ७ बिसाउनीराजमा दुर्घटनामा परेको थियो।

ग १ ख ९५९४ को वाइङगर (बस) रोकेर चालक झरेको अवस्थामा ब्याक हुँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार उकालोमा रोकी राखेको बस ब्याक भइ सडकभन्दा करिब १५ मिटर तल झरेको हो। 

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ उपचार भइरहेको छ। घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.