बाघको आक्रमणबाट घाइते
![बाघको आक्रमणबाट घाइते](https://annapurnapost.prixacdn.net/media/albums/Attack_20210329093126_kGGgV4B1r9.jpg)
गुलरिया : खेतमा पानी चाहार्ने क्रममा पाटेबाघले आक्रमण गर्दा एक किसान घाइते भएका छन् । बर्दियाको गेरुवा गाउँपालिका १ का ३५ वर्षीय चुलाराम थारु बाघको आक्रमणमा परी घाइते भएका हुन् ।
सोमबार बिहानै बाघ आक्रमणमा परेका थारुको टाउको, गर्धन र ढाडमा गहिरो चोट लागेको छ । खेतमा पानी चाहार्ने क्रममा बाघको आक्रमणमा परी घाइते भएका थारुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
बिहानको समयमा आक्रमणमा परेका थारुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)