सत्यमोहन जोशीको नाममा सरकारले स्कुल स्थापना गर्ने

सत्यमोहन जोशीको नाममा सरकारले स्कुल स्थापना गर्ने

ललितपुर: सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

मंगलबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मङ्गलबजारस्थित जोशी निवास पुगेर यस्तो खबर दिएका हुन् । जोशीलाई भेट्दै उनले आफूलाई राष्ट्रपति विद्यादेवी भन्डारीले भेट्न पठाएको तथा विद्यालय खोल्ने विषयमा अनुमति तथा राय लिन पठाएको  श्रेष्ठले बताए ।

शताब्दी पुरुष जोशीसँग कुरा गर्दै उनले भने 'राष्ट्रपतिको समस्या छ । भेट्न मन लाग्यो भन्दैमा फुत्त निस्कन मिल्दैन । त्यसैले यथार्थ अवस्था, स्वास्थ लगायत स्कुलको बारेमा जानकारी लिन पठाउनु भएको हो, पिता सरहको मान्छे भनेर श्रद्धा र सम्मानका साथ हेर्नुहुन्छ ।'

श्रेष्ठका अनुसार जोशीका नाममा बन्ने विद्यालयको गुणस्तर दरवार हाइस्कुलको जस्तो हुनेछ । तर कहाँ खोल्ने त्यस विषयमा उनीबाटै अनुमती लिन चाहेको बताए । उनको अनुमती बमोजिम सरकारले नेपालको कुनै पनि ठाउँमा स्कुल स्थापना गर्न  सक्ने बताए । श्रेष्ठले भने  'जोशीकै हातबाट शिलान्यास गर्न पाए अझै राम्रो हुने थियो ।'

सरकारले नियमित स्वास्थ परीक्षण तथा जुनसुकै अस्पतालमा उपचार गर्न सक्ने सुविधा उपलब्ध गराएको मन्त्री श्रेष्ठले जनाए । अस्पताल बस्नु परेको खन्डमा दुई जना कुरुवाको समेत ब्यवस्था सरकारले गर्ने ब्यवस्था गरेको छ । एउटा जिउँदो इतिहासका लागि यस्तो काम अगाडि बढाउन पाउनु गर्वको कुरा भएको उनको भनाइ छ ।

राष्ट्रपतिको निर्देशन वमोजिम  सुझाव, सल्लाह  लिन पुगेका मन्त्री श्रेष्ठसँग जोशीले सरकारले गर्नुपर्ने सम्पूर्ण सुविधा उपलब्ध गराइसकेकाले आभारी भएको बताए । सरकारले सम्पूर्ण उपचार खर्च ब्यहोरेको पनि बताए ।

राष्ट्रपतिले नै आफ्नो स्वास्थ्यको ख्याल गर्नु र मन्त्रीलाई पठाउनु गौरवान्वित कुरा भएको बताए । जोशीले भने 'सरकारले दिने जति सबै कुरा दिइसकेको छ । मेरो नामको हुलाक टिकट आफ्नै आँखाले हेर्न पाएँ । राष्ट्रपति भवनमा राष्ट्रपति आफैँले टाचा लगाएकोमा पनि गौरवान्वित छु । मुद्रामा पनि मेरो मुहार अङ्कित सिक्काहरु बनाइएको छ । मरणोपरान्त हुने कुराहरु जिउँदै देखेँ ।  यो पाएन, त्यो पाएन भन्नू बेकार हो ।'

विद्यालय स्थापना गर्ने विषयमा भर्खरै सुनेको बताए । भाषा, साहित्य, संस्कृतिमा लगाव हुनेहरुको लागि यस कार्य  अनुकरणीय बन्ने बताउँदै भने  'सरकारले दूरदर्शी कदम चलाएको छ । तर सरकारले पिछडिएका समुदायका लागि विद्यालय स्थापना गरिदिए हुन्छ । जहाँ विद्यालय छ त्यहाँ किन खोल्नु । तर नेपालको कुनै पनि ठाउँमा खोले हुन्छ ।'

उनको नाममा स्थापना हुने विद्यालयमा बाहिर गेटमा पूर्णकदको प्रतिमा राखिने, बगैंचा राखिनेछ । सम्भवत अर्को आर्थिक वर्षदेखि बनाइने र नमुना स्कुलको रुपमा तय गरिनेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ अर्ब रुपैयाँ सम्पूर्ण स्थानीय तहमा शैक्षिक कार्यक्रमका लागि दिइनेछ ।

यस विद्यालय स्थापना कार्यक्रम पनि यसैमा पर्ने ठूलो तथा आकर्षक कार्यक्रम भएको मन्त्री श्रेष्ठले बताए। ब्यवस्थित डीपीआर गरेर आगाडी बढ्ने र सुन्दर, ब्यवस्थित, ठूलो ठाउँ भएको जग्गाको खोजीमा रहेको बताए ।

ललितपुर महानगरपालिकाले पनि यस विषयमा आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको मेयर चिरिबाबु महर्जनले बताए । ललितपुरमा जन्मिएको तथा यहाँको बासिन्दा भएकाले उत्त विद्यालय ललितपुरमा स्थापना गर्न पाए हुन्थ्यो जस्तो लागेको बताए । महानगरले जोशीको सम्मानमा वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशीमार्ग पुल्चोकदेखि ग्वार्कोसम्म नामाकरण गर्ने निर्णय भएको महर्जनले  सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.