लहान मालपोत बम विस्फोट : घटनामा संलग्न दुई आरोपित पक्राउ

लहान मालपोत बम विस्फोट : घटनामा संलग्न दुई आरोपित पक्राउ

सिरहा : सिरहाको लहान नगरपालिका-८ स्थित मालपोत कार्यालयमा गराइएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा मुख्य योजनाकार भनिएका सुखिपुर नगरपालिका-५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपालिका-३ का २६ वर्षीय अभिमन्यु गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालिग्राम शर्माले जानकारी दिए। 

दुवै जनालाई सोमबार सुखीपुर नगरपालिका-५ बाट जिल्ला प्रहरी कार्यालय सिरहा र प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले पक्राउ गरेको हो। मंगलबार उनीहरुलाई सार्वजानिक गरेको छ। गएको चैत १ गते मालपोत कार्यालय लहानमा बम विस्फोट भएको थियो। प्रहरीकाअनुसार पक्राउ परेका दुबै जनाले विस्फोट आफूहरुले गराएको स्वीकार गरिसकेका छन्। 

मालपोत कार्यालयको पहिलो तल्लामा दर्ता चलानी शाखा नजिकै सेवाग्राही अत्यधिक चाप रहेको बेला बम विस्फोट गराइएको थियो। जसमा परी ८ जना घाइते भएका थिए। गम्भीर घाइते भएका एक जना काठमाडौंमा उपचाररत छन्। घटनास्थलमा तराई जनतान्त्रिक मुक्रि मोर्चा(गोइत समुह) का पर्चा टुक्रा-टुक्रा भएको अवस्थामा फेला परेको थियो। 

प्रहरी अनुसन्धानको क्रममा आरोपित यादव र गिरीले तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) का अध्यक्ष जय कृष्ण गोइतको निर्देशनमा सुखिपुर नगरपालिका-८ का आर.के. भन्ने राम कुमार यादवले उक्त प्रेसर कुकर बम फाल्गुन २६ गते सीमावर्ती भगवानपुर गाउँपालिका ठाडीमा आफुलाई दिएको बताएका छन्। 

विस्फोट गराउनुको कारणबारे पक्राउ परेका उनीहरूले मालपोत कार्यालयले भूमाफियालाई सहयोग पुग्ने काम गर्दै आएको र पटकपटक सम्झाउँदा नमानेपछि विस्फोट गराइएको बयान दिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका यादवको पृष्ठभूमि अपराधिक रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनी लहान बजारकै सुनचाँदी पसल विकास ज्वेलर्स मा ०७४ चैत ९ गते भएको बम विस्फोटमा संलग्न रहेको प्रहरीले जनाएको छ। पछि उनी एक लाख धरौटीमा जिल्ला अदालत सिरहाबाट रिहा भएका थिए। 

विराटनगर उपमहानगरपालिका कार्यालयमा पनि ०७५ साउन ३१ गते गराइएको बम विस्फोट मुद्दामा पक्राउ परेका थिए। त्यहाँ उनले ३५ हजार धरौटीमा रिहा भएका थिए। अभिमन्यु गिरी पनि अपराधिक पृष्ठभूमिकै रहेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनी पाँच वर्षदेखि गोइत समुहमा रही बल पूर्वक चन्दा असुलीमा रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका रामरिझन यादवको साथबाट चैत १ गते मालपोत कार्यालयमा बम विस्फोट गराउन जाँदा लगाएका ज्याकेट, चप्पल, टिर्सट, कटुवा पेस्तोल १ थान र सोहीमा प्रयोग हुने गोली २ राउण्ड बरामद प्रहरीले गरेको छ। 

यसैगरी अभिमन्यु गिरीको साथबाट कटुवा पेस्तोल १ थान र सोहीमा प्रयोग हुने गोली २ राउण्ड बरामद गरेको छ। प्रहरीले मोलपोत कार्यालयमा जडित सीसी क्यामेराको भिडियोमार्फत विस्फोटमा संलग्नहरुको पहिचान गर्न सफल भएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.