बर्दियामा गैंडा गणना सुरु

बर्दियामा गैंडा गणना सुरु

गुलरिया : बर्दियामा गैंडा गणना सुरु गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको लगानीमा निकुञ्ज लगायत मध्यवर्ती क्षेत्रका सामुदायिक बनमा रहेका गैंडाहरुको गणना सुरु गरिएको हो।

निकुञ्ज विभागको नियमित कार्यक्रम अन्तरगतको गैंडा गणना नेपालमा पहिलो पटक नेपाल सरकारको आफ्नै लगानीमा हुँदैछ। 'यस पटक गैंडा गणना कार्यमा दातृ संस्थाहरुको न्युन सहयोग छ। गैंडा गणनाका लागि करिव १ करोड १० लाख रुपैयाँ लागत अनुमान विभागको छ', बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भने, '३० लाख मुल्यको प्राविधिक सामाग्री खरिद गरिएको छ।' 

करिव ८० लाख रुपैयाँ निकुञ्जहरुको खर्च अनुसार वितरण हुन्छ। बर्दियाको गैंडा गणनामा १० ओटा हात्ती, ३० जना हात्तीसारे, गणक-सहायक गणक २० जना र अन्य १० जना गरी ६० जनाको टीम परिचालन गरिएको छ। श्रेष्ठले भने टोलीहरु करिव २ साता सम्म फिल्डमा खटिन्छन्। प्रत्येक ४–५ वर्षमा गरिने गैंडा गणना गतवर्ष कोभिड महामारीका कारण रोकिएको थियो। 

निकुञ्जमा प्रत्यक्ष विधिबाट गैंडा गणना भैरहेको छ। हात्तीमा पुगेका गणकहरु गैंडाको तस्बिर लिने गन्ने गर्छन् राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले भने गैंडा गणना तथा अनुगमनबाट भावी रणनिति र कार्ययोजना बनाउन मद्दत पुग्छ।  बर्दियामा गैंडा बढ्ने अनुमान निकुञ्जको छ। बर्दियामा ३७ वटा एकसिंगे गैंडा छन्। जसमध्ये ८ वटा गैंडा चितवनबाट स्थानान्तरण गरिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.