पथरीका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

पथरीका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौं: पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासमेत ६ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

गैरकानूनी लाभ तथा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आयोगले २४ लाख २७ हजार विगो कायम गर्दै आरोपपत्र दायर हो ।

ईन्जिनियर कृष्णप्रसाद कोइराला र असिस्टेन्ट (सहायक) सव ईन्जिनियर लिलाराज भट्टराई, चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुले पोखरी निर्माण भइसकेको भनी गलत कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरेको, नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन समितिमा बसी लागत अनुमान बमोजिम कार्यसम्पन्न भएकोले भुक्तानीको सिफारिस गरियो भनी गलत प्रतिवेदन पेश तथा जाँचपास गरेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायाणप्रसाद रिसालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.