गर्मीले गैंडालाई गाह्रो

गर्मीले गैंडालाई गाह्रो

गुलरिया : जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैंडा संरक्षणमा पर्न थालेको छ। गैंडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झांगिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए। 

निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरूमा गैंडाले वासस्थान बनाएका छन्। बर्दियामा पाँगो माटोको समस्या छ। तर, यस्तो माटो घट्दै गएको पाइन्छ। गैंडालाई आहाल बस्नुपर्ने भएकाले पोखरी तथा घोल आवश्यक पर्छ। कर्णाली–गेरुवा नदीमा पानीको मात्रा घटेकाले गैंडाका वासस्थानमा पानीको समस्या छ। 

‘बर्दियामा १२ वर्षदेखि गैंडाको शून्य चोरी शिकार वर्ष मनाइरहेका छौं’, कडरियाले भने, ‘तर, बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनियाघाट वन्यजन्तु आरक्षबीच गैंडा ओहोरदोहोर गरिरहने भएकाले चोरीशिकारीको त्रास उत्तिकै छ।’ 

सन् २०१५ को अनुगमनबाट चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाटामा ८ र पर्सामा ३ वटा गरी ६ सय ४५ वटा एकसिंगे गैंडा छन्। सन् २०१७ र १८ मा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियामा ८ वटा गैंडा स्थानान्तरण गरिएका छन्।

निकुञ्जमा गैंडाको संख्या, वासस्थान प्रयोगको अवस्था र प्रत्येक वासस्थानमा गैडा रहेका संख्या यकिन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा अनुगमनसँगै गणना कार्य चितवनबाट सुरु गरेको छ। बर्दियामा बुधबार र लगत्तै शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गैंडा गणना सुरु गरिएको छ। विभागको नियमित कार्यक्रमअन्तर्गतको गैंडा गणना पहिलो पटक सरकारकै लगानीमा हुँदैछ। यसपटक गैंडा गणना कार्यमा दातृ संस्थाहरूको न्यून सहयोग छ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले गैंडा गणना गर्न १ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको बताए। जसमध्ये ३० लाख मूल्यको प्राविधिक सामग्री खरिद गरिएको छ। ८० लाख रुपैयाँ निकुञ्जहरुको खर्चअनुसार वितरण हुन्छ। ‘बर्दियामा १० हात्ती, ३० जना हात्तीसारे, गणक÷सहायक गणक २० र अन्य १० गरी ६० जनाको टिम परिचालन छौं’, श्रेष्ठले भने, ‘टोलीहरू दुई सातासम्म फिल्डमा खटिन्छन्।’

प्रत्येक ४–५ वर्षमा गरिने गैंडा गणना गत वर्ष कोभिड महामारीका कारण रोकिएको थियो। निकुञ्जमा प्रत्यक्ष विधिबाट गैंडा गणना भइरहेको छ। हात्तीमा पुगेका गणकहरूले गैंडाको तस्बिर लिने, गन्ने गर्छन्। ‘गैंडा गणना तथा अनुगमनबाट भावी रणनिति र कार्ययोजना बनाउन मद्दत पुग्छ। यस वर्ष बर्दियामा गैंडा बढ्ने अनुमान हाम्रो छ’, श्रेष्ठले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.