आम्दानीको स्रोत होमस्टे

आम्दानीको स्रोत होमस्टे

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ९ खैरेनीकी सीतादेवी अधिकारी होमस्टे संचालन गर्न पाएकोमा खुसी छिन्। विहान, वेलुका पाहुनाको रोजाई अनुसारको खाना खुवाउने अनि दिन भरीको घरधन्दा उनको दिनचर्या बनेको छ। परम्परागत खेती र दुई चार गोटा बाख्रा पालन गरेर जिविकोपार्जन गर्दै आएकी अधिकारीले समुदायको पहलमा सामुदायिक बन तथा प्राकृतिक स्थानिय सत्खलुवा ताल संरक्षणमा जुटेपछि पर्यटकहरू बढेको सुनाईन्। पाहुनाहरू आउनथालेपछि यतिखेर सत्खलुवा होमस्टे स्थानियको आम्दानीको स्रोत बनेको छ।

कोभिड महामारीका बेला पर्यापर्यटन थलिएपनि बारबर्दिया नगरपालिका अन्र्तगत सामुदायिक बनक्षेत्रमा रहेको प्राकृतिक सत्खलुवा ताल अवलोकन गर्न पर्यटकहरू आउने क्रम बढेको छ। हामीले सत्खलुवा होमस्टे संचालनमा ल्याएपछि पाहुनाहरू आउने क्रम बढेको छ। सीतादेवीले भनिन् –‘देशका विभिन्न स्थानबाट आउने नयाँ नयाँ पाहुनासँग भेटहुन पाउँदा खुशी लाग्छ। शुरु शुरुमा कस्तो हुने हो भन्ने डर लाग्थ्यो। अचेल खेतीपाती र बाख्रापाल्न छाडेर होमस्टे संचालन गरेकी छु।’

पर्यटकहरू होमस्टेमा रात विताउन थालेपछि आयआर्जन बढेको छ। उनले थपिन् –‘होमस्टेको आम्दानीबाट राम्रैसँग घरखर्च टरेको छ। होमस्टेको गास र वास होटलहरूको भन्दा सस्तो छ।’

मितब्ययिता र जैविक, घरको जस्तै खानपान हुने भएकाले पनि पर्यटकहरू होमस्टे मन पराउँछन्। सत्खलुवा होमस्टेको आफ्नै विशेषता छ। वाहुन, गुरुङ, मगर जातीले संचालन गरेको होमस्टेमा जातिय विविधताको अलौकिक मिश्रण रहेको पाईन्छ। परिकार, भेषभुषा लगायत फरक आतिथ्यता सत्खलुवा होमस्टेको विशेषता रहेको पाईन्छ। खैरेनीमा २० जनाले सत्खलुवा होमस्टे संचालन गरेका छन्। पर्यटनको चाँप बढेसँगै निकट भविष्यमा होमस्टे थप्ने तयारी भैरहेको उनको भनाई छ। मकवानपुरको हेटौंडाबाट सत्खलुवा ताल घुम्न आएकी पर्यटक नयन्सी उपाध्याय सत्खलुवा होमस्टेको आतिथ्यताबाट मुग्ध भएको वताउँछिन्। होमस्टेले गरेको स्वागत, खुवाएको खाना धेरै राम्रो लाग्यो। उनले भनिन् –‘प्राकृतिक सत्खलुवा तालको सुन्दरता अनुपम छ। वन्यजन्तु लगायत पंक्षी अवलोकनगर्दै तालमा डुँगा शएर गर्दा फेवाताल विर्सायो।’ सत्खलुवा क्षेत्रलाई स्थानियले थप पहलगर्दै अझै ब्यवस्थित गर्न सके पश्चिम क्षेत्रकै राम्रो पर्यटकिय गन्तब्य बन्न सक्छ।

सत्खलुवा सिमसार क्षेत्र पर्यटकिय दृष्टिकोणले रमणिय छ। ताल वरपर बाघ लगायतका बन्यजन्तु, पंक्षी प्रजाती, जलचर, थलचर, उभयचर, सरीसीर्प प्रजाती देख्न पाईने सत्खलुवा ताल ब्यवस्थापन समितिका पूर्व अध्यक्ष सुनिल चापागाइँले बताए। सत्खलुवा क्षेत्रमा पर्यटकको आवागमन बढ्दो छ तर पर्यटकको लागि पूर्वाधारहरूको कमी छ। ताल क्षेत्रमा खानेपानी, सडक, पिकनिक स्पोर्ट लगायतका भौतिक पूर्वाधारहरू अभाव छ। सामुदायिक वन समुदाय लगायतको पहलमा सत्खलुवा क्षेत्र पर्यटकिय क्षेत्रको रुपमा अघि बढ्दै छ। स्थानिय सरकारले ताल क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता गरेको छ। केही समय पछि सत्खलुवा क्षेत्र अब्बल पर्यटकिय गन्तब्य बनाउने समुदायको लक्ष्य छ। प्राकृतिक सत्खलुवा ताल ६० विगाहा क्षेत्रफलमा फैलिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडीएको ताल जंगली जनावरका लागि पानीको श्रोत हो। तालमा हात्ती, गैंडा, बाघ लगायतका बन्यजन्तुहरू पानीका लागि आउने हुनाले पनि पर्यटकहरू सजिलै बन्यजन्तुको अवलोकन गर्न पाउँछन्।

सत्खलुवा ताल अवलोकनका लागि प्रशस्त पर्यटकहरू आउँछन्। तालमा डुँगा चढ्छन्। उनीहरूलाई लाईफ ज्याकेटको ब्यवस्था छैन तालका डुँगा चालक राजु चौधरीले भने। डुँगा चढ्ने पर्यटकले लाईसेन्स छ कि छैन, तालिम लिएको होकी होईन लगायतका प्रश्नहरू गर्छन्। हामीलाई जवाफ दिन मुस्किल पर्छ। डुँगाहरू पनि पुराना भैसकेका छन्। काठका पुराना डुँगा चलाएको केही छिनमै पानी भरिन्छ अनि फाल्नुपर्ने उनको चिन्ता छ। डुँगाहरूको ब्यवस्थापनगर्दै लाईफ ज्याकेटहरूको ब्यवस्थापन तत्काल गर्नुपर्ने आवस्यकता रहेको चौधरीको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.