बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

गुलरिया : पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जमा भइरहेको गैडा गणना कार्यमा संलग्न एकजना कर्मचारीको मृत्यु भएको छ।निकुञ्ज भित्र गैंडा मचान क्षेत्रमा ठाकुरबाबा नगरपालिका-९ का ३१ वर्षीय पुलिसराम थारुको बाघ आक्रमणबाट मृत्यु भएको हो।

गैंडा गणनाको खाजा समयमा हात्ती चराउँदै घाँस काट्न थालेका बेला थारुलाई बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको सहकार्यमा नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएको बाघ जावलाखेलस्थित चिडियाखानामा लैजाने तैयारी भइरहेको अधिकृत श्रेष्ठले जानकारी दिए।

निकुञ्जले यसवर्ष ४ वटा भाले बाघ नियन्त्रणमा लिएको छ। गतवर्ष एउटा बाघ नियन्त्रणमा लिएको थियो। जसमध्ये एउटा बाघ मरेको र बाँकेमा पठाईएको बाघ खोर फोडेर भागेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए।

नेपाली सेना, एनटीएनसी र निकुञ्ज कर्मचारीको संयुक्त खोजतलासका क्रममा भेटेर नियन्त्रणमा लिइएको भाले बाघ १० वर्षको छ। माउते (पछुवा) थारुको शव कुरेर बसेका प्राविधिकले बाघ फर्केर शव खान आएपछि डार्ट (लठ्याउने प्रविधि) गरी नियन्त्रणमा लिन सफल भएको कडरियाले जानकारी दिए। बाघले टाउकोको भाग खाएको अवस्थामा थारुको शव फेला परेको छ। घाँस काटिरहेको अवस्थामा बाघले झम्टेर थारुलाई करिब ५ सय मिटर पर पुर्‍याएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.