विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि पाँच दिन विद्यालय बन्द

विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि पाँच दिन  विद्यालय बन्द

भोजपुर : एकपछि अर्को गर्दै विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ। विद्यार्थी र शिक्षकमा ज्वरो र ठेउला देखिन थालेपछि एक सामुदायिक विद्यालय बन्द गरिएको हो। टेम्केमैयुङ गाउँपालिका ६, कोट खाल्लेस्थित स्थानीय जौनागी आधारभूत विद्यालयमा केही सातादेखि विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन बन्द गरिएको हो ।

विद्यार्थी र शिक्षकमा कडा ज्वरो आउने र ठेउला देखिएपछि स्वास्थ्य जोखिमलाई हेरेर ५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक प्रतिभा राईले जानकारी दिइन् । संक्रमणबाट जोगिन विद्यालय बन्द गरिएको हो।

ज्वरो र ठेउलाले विद्यालयका दर्जन बढी विद्यार्थी र दुई शिक्षक ग्रस्त भएको विद्यालयका सूचना अधिकारी सञ्जु कटुवालले बताइन् । करिब डेढ सय हाराहारीमा विद्यार्थी रहेको उक्त विद्यालयमा अन्य विद्यार्थी र शिक्षकमा संक्रमणको जोखिम हुन नदिन विद्यालय बन्द गर्न बाध्य भएको उनले सुनाइन् ।

मौसम फेरबदल, दूषित हावापानी र सरसफाइमा ध्यान नदिँदा उक्त ज्वरो र ठेउलाको संक्रमण देखिएको स्वास्थ्य चौकी कोटका प्रमुख गणेश राईले बताए । सरुवा संक्रमण भएकाले संक्रमण फैलन नदिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको उनले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.