लहानमा सुनचाँदी व्यवसायीको हत्या
सिरहा : लहानमा एक सुनचाँदी व्यवसायीको हत्या भएको छ। पसल लुट्न आएका लुटेरा समूहले व्यवसायीको हत्या गरेका हुन्।
ईलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपनकुमार दाहालका अनुसार शनिबार राति लुटेरा समूहले सिरहाको लहान नगरपालिका-२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका प्रदिप मिझारको हत्या गरेका हुन्। सो समूहले सुनचाँदी र नगद पनि लुटपाट गरेका छन्।
हत्या गरिएका मिझारकी श्रीमती अमिता विश्वकर्मा पनि घाइते भएकी छिन्। लुटेराले मिझारकी श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएका हुन्।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दाहालले जानकारी दिए।
हत्या गरिएका युवक वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए।
श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ।