तीव्ररुपमा फैलिदै कोरोना, कोभिड अस्पतालमा बढ्न थाले बिरामी

तीव्ररुपमा फैलिदै कोरोना, कोभिड अस्पतालमा बढ्न थाले बिरामी

विराटनगर : केही महिनाअघि बिरामीविहीन बनेको कोभिड १९ अस्पतालमा कोरोना भाइसका बिरामी भर्ना हुन थालेका छन् । भारतमा देखिएको दोस्रो चरणको संक्रमण बढेसँगै विराटनगर १० स्थित प्रदेश सरकारको कोभिड १९ अस्पतालमा भर्ना हुनेको संख्या दिनादिन बढ्दै गएको हो ।

हालसम्म सो अस्पतालमा ७ जना बिरामी भर्ना भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चैत्र २५ गते एकजना र २७ गते ६ जना बिरामी भर्ना भएका हुन्।

तीन महिलासहित सात बिरामीमध्ये झापाको ४ जना रहेका छन् ।  विराटनगरका एकजनासँगै प्रदेश २ को सिरहाको एकजना भर्ना रहेको अस्पतालले जनाएको छ । विराटनगरसहित आसपासको क्षेत्रमा कोरोना संक्रमण देखिन थालेपछि सो अस्पताललाई प्रदेश सरकारले पुन: सञ्चालनमा ल्याएको हो । केही महिनादेखि बिरामीविहीन बनेको सो अस्पतालमा कार्यरत करारका कर्मचारीको करार अवधि नथपी प्रदेश सरकारले हटाएको  थियो ।

करारका कर्मचारी हटाएको केही दिनपछि प्रदेश १ को राजधानी विराटनगरसहित आसपासमा कोरोना संक्रमित भेटिन थालेपछि सञ्चालनको लागि मन्त्रालयले तीन जना चिकित्सक र ३ जना नर्सलाई पुन: बोलाएर सञ्चालन गरेको हो  ।

समाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता ओम कुमारी राजवंशीले प्रदेश १ का कोरोना पोजिटिभ दरमा वृद्धि भएको बताइन्।  उनका अनुसार दुई दिनदेखि पोजेटिभ हुने दरमा १० प्रतिशतले वृद्धि भएको हो । एक्टिभ केसमा दिनादिन वृद्धि हुँदै गएको उनले बताइन्। उनले १० दिनअघि प्रदेशमा ४३ जना पोजेटिभ केस रहेकोमा शनिबारसम्म एक सय १६ जना पुगेको जानकारी दिए । 

प्रवक्ता राजवंशीका अनुसार मोरङमा ६३ जना संक्रमति रहेकोमा विराटनगर महानगरपालिका मात्रै ५६ जना पोजेटिभ रहेको बताइन् ।  पहिलो चरणमा पनि कोरोना संक्रमणको हटस्पट बनेको विराटनगरमा संक्रमितको संख्या बढेको उनले बताइन्।  भारतसँग जोडिएको सीमा बन्द रहेपनि चोर बाटो भएर दैनिक हजारौंको संख्यामा  ओहरदोहर हुने गरेकाले विराटनगरमा संक्रमणको दर बढेको बताइएको छ । 

२०७६ चैत्र २१ गते देखि सञ्चालनमा आएको सो अस्पतालमा वैशाख ५ गते देखि बिरामी भर्ना लिएको थियो । नेशनल ट्रडिकको भवनमा प्रदेश सरकारले सुरुमा ८० बेडको कोभिड १९ अस्पताल सञ्चालन गरेको थियो । 

आइसीयू ८ बेड , एच डि २२ बेड र रिकभरी १२ बेडसहितको सो अस्पतालमा पहिलो चरणको कोभिड महामारीको बेला दैनिक ४० देखि ६० जना कोरोना बिरामी आउने गरेका थिए ।  चैत्रदेखि सुरु गरेको सो अस्पतालमा पुष ५ गतेदेखि  अक्सिजनसहितको सय बेडको कोभिड अस्पताल सञ्चालन गरेको थियो।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजीक्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा आएको हो । पहिलो चरणमा सो अस्पतालबाट ३ सय जना महिलासहित ८ सय २९ जना उपचार्थ भर्ना भएका थिए भने ३७ पुरुषसहित ५६ जनाको कोरोनाबाट मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.