पर्यटकको रोजाइमा च्याङ्ग्रेपोखरी

पर्यटकको रोजाइमा च्याङ्ग्रेपोखरी

भोजपुर : ‘च्याङ्ग्रे’ भोजपुरको पुरानो हाटबजार लाग्ने ठाउँले परिचित थलो हो । च्याङ्ग्रेसँग जोडिएर आउने ‘च्याङ्ग्रेपोखरी’ पूर्वी पौवादुङ्मा गाउँपालिकाको मुटु हो । ऐतिहासिक धार्मिक महत्वको च्याङ्ग्रेपोखरी पछिल्लो समय पर्यटकीय गन्तव्य बन्न थालेको छ । पोखरीको प्राकृतिक मोहकताको आनन्द लिन जिल्लाबाहिर र भित्रका आन्तरिक पर्यटकको आगमन हुने गरेको छ । 

जिल्लाको प्रमुख ‘ट्रान्जिट प्वाइन्ट’ मानिने तिवारीभञ्ज्याङदेखि करिब ५ किलोमिटर दुरीमा च्याङ्ग्रेपोखरी पुगिन्छ । मध्यपहाडी लोकमार्गले जोड्ने भएकाले पनि पोखरी घुम्न आउने पर्यटकको आगमनमा बढेको हो । बाह्य पर्यटनलाई ध्यानमा राख्दै पोखरीको भौतिक पुर्वाधार निर्माणमा ठोस योजना बढाउन सके आयश्रोतमा टेवा पुग्ने स्थानीय रामजी राईले बताए । उनले पोखरीको विस्तृत योजनाका साथ संरक्षण र सम्बद्र्धनमा ध्यान दिए सरकारले पर्यटन प्रबद्र्धनको योजनामा सहयोग पुग्ने बताए ।

करिब १९ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक धामिर्क महत्व बोकेको पोखरीको आफ्नै किम्बदन्ती छ । वर्षौअघि यहाँ च्याङ्ग्राहरु आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीय कथन छ । सृष्टिकालदेखी नै पोखरीको पानी जुनसुकै खडेरीमा पनि नसुक्ने स्थानीय ६४ वर्षीय निरबहादुर फुँयलको दावा छ । भन्छन्, ‘सानो छँदादेखी अहिलेसम्म पोखरीको पानी सुकेको छैन, केहि दैविक शक्ति छ जस्तो लाग्छ, यस्तो ऐतिहासिक पोखरीलाई संरक्षण गर्न सके राम्रो हुन्थ्यो’

पोखरीको बीच भागमा रहेको पञ्चकन्या मन्दिरमा धार्मिक भक्तालुहरु पूजाआजा गर्ने गरेका छन् । मन्दिरसँगै जोडिएकाले पोखरीलाई पवित्र धार्मिक थलो मानिन्छ । हरेक वर्षको बालाचर्तुदशी, शिवरात्री, रामनवमीका बेला बाहिरबाट आउने भक्तालुको ठूलो भीड लाग्ने गरेको स्थानीय हर्क फुँयलले बताए । 

पोखरीको सौन्दर्यतामा रमाउने पर्यटकको आगमन वृद्धि भएसँगै च्याङ्ग्रेबजारका होटल व्यावसाय पनि फस्टाएको छ । होटल लज र पसल खोलिने क्रम छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुपर्ने स्थानीयबासी बताउँछन् । 

ऐतिहासिक र धार्मिक महत्वको पोखरीको भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसार गर्नसके गाउँपालिकाको आर्थिक उन्नतीमा टेवा पुग्ने स्थानीय ज्ञानेन्द्र राई बताउँछन् । पोखरीको मोहकता र लोकप्रियता बढेपछि स्थानीयको पनि आयश्रोतका विकल्पहरुको बाटो खुलाउन मद्दत पुग्ने उनले बताए ।

पोखरीको प्रबद्र्धन गर्न गाउँपालिकाले डिपीआरसहितको योजना अघि बढाएको छ । पोखरीको पर्खाल उठाउने, आसपासका बस्तीलाई मुआब्जा दिएर अन्यत्र सार्ने, कुलो र ढल निकास गर्ने, पानी शुद्धता गर्ने, मन्दिरको संरक्षण गर्ने योजना अघि बढेको छ । गाउँपालिका अध्यक्ष किरण राईले पोखरीलाई आकर्षण थपेर बाह्य पर्यटक भित्राउने लक्ष्यले योजना अघि बढाईएको बताए । ‘गाउँपालिकाकै मुटु रहेको च्याङ्ग्रे पोखरीलाई व्यवस्थित गर्ने योजनामा जुटेका छौँ, पोखरीलाई पर्यटकीय थलो बनाएर गाउँपालिकाको आयश्रोत भित्राउने लक्ष्य हो,’ उनले भने ।

कोभिड १९ का कारण भ्रमण वर्ष २०२० बन्द हुनुले पर्यटनमा निकै खलल पुगेको गाउँपालिकाले बताएको छ । भ्रमण वर्षलाई सफल पार्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिएपनि कोरोनाभाइरसका कारण गाउँपालिकाको तयारी समेत रोकिएको गाउँपालिकाकी उपप्रमुख सम्झना राईले सुनाइन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.