गुहार माग्दा–माग्दै गोली प्रहार

गुहार माग्दा–माग्दै गोली प्रहार

सिरहा : एक समूहले शनिबार मध्यरात लहान नगरपालिका–२३ गढिया चोकस्थित अमिता ज्वेलर्सका प्रोप्राइटर प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको छ । सुनचाँदी व्यवसायी विश्वकर्मा बस्ने कोठामा रहेका सुनचाँदी र नगद लुटेराले लुटेका छन् । 

पसलमा भने तोडफोड गरेका छैनन् । उनकी पत्नी अमिता रुचाल डाका समूहको आक्रमणबाट घाइते भएका छन् । विश्वकर्मा परिवारसहित वडाध्यक्ष कन्हैया गुप्ताको घरमा डेरा गरी पसल गर्थे । अपराधीहरू घर पछाडीबाट छिर्न थालेपछि बुवाले स्थानीयसँग गुहार मागेको १५ वर्षीय प्रेम रुचालले बताए । ‘बुवाले एक–दुई जनालाई फोन गर्नुभयो । तबसम्म डाकाहरू घरको कम्पाउन्डमा आइसकेका थिए । ढोका फोडेर भित्र छिरेपछि बुवाआमालाई कुटपिट गर्न थाले । हामी खाटमुनि लुक्यौं’, प्रेमले भने, ‘स्थानीयहरू घरबाहिर आएर होहल्ला गरेपछि डाकाहरू धरिलो हतियार र गोली प्रहार गरेर भागे ।’

टाउको, अनुहार र हातमा खुकुरी प्रहार र छातीमा गोली लागी घाइते भएका विश्वकर्माको आइतबार सप्तऋषि अस्पतालमा उपचारका क्रममा मुत्यु भएको हो ।

डड्यांग डुंग आवाज सुनेपछि आफू ब्युँझिएको छिमेकी तेजनारायण ठाकुरले सुनाए । डकैती भइरहेको बुझेपछि आफुले विश्वकर्मा बस्ने घरका मालिक वडाध्यक्ष गुप्तालाई फोन गरेको उनले बताए । गुप्ताले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली ३५ मिनेटपछि घटना स्थल पुगेको थियो । ‘समयमा प्रदीपको गुहार स्थानीयले सुनिदिएको भए ज्यान बच्ने थियो’, उनले भने ।

सिरहाका एसपी सुदीपराज भण्डारीले उक्त घटनामा संलग्न रहेको आशंकामा लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र लहान नगरपालिका–२३ का सूर्य सहनीलाई फलामको छिनोसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.