जलेर महिलाको मृत्यु
फिदिम : पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बाकी ६० वर्षीया राधादेवी राईको आगोले जलेर मृत्यु भएको छ । घरदेखि करिब दुई किलोमिटर टाढा रहेको बारीमा थुपारेर राखेको अम्रिसोको थुप्रोमा सल्किएको आगोमा परी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर डरम्बर विश्वकर्माले जानकारी दिए ।
मृतक राईको मानसिक अवस्था ठिक नभएको बताइएको छ । आइतबार बिहान छ बजेबाट घरमा नभएकी राईलाई दिउँसो करिब एक बजेतिर परिवारका सदस्यले मृत अवस्थामा फेला पारेका थिए ।
थुपारेर राखेको अम्रिसोको थुप्रोमा राई आफैँले आगो सल्काएर जलेको हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि पनि राईले पटक पटक आत्महत्या गर्न खोजेको परिवारले जनाएको छ ।