आईपीएल सुरु भएपछि सट्टेबाज सक्रिय

आईपीएल सुरु भएपछि सट्टेबाज सक्रिय

विराटनगर :  इन्डियन प्रिमियर लिग (आईपीएल)को  नयाँ सिजन सुरु भएसँगै विराटनगरमा सट्टेबाज सक्रिय भएका छन्। गएको शुक्रबारदेखि सुरु भएको पहिलो खेलदेखि नै सट्टेबाजहरु सक्रिय भएका हुन्। 

पहिलो खेल रोयल च्यालेजर्न्स बेंग्लोरे र डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स बिच शुक्रबार हुँदा विराटनगरमा सट्टेबाज नाइके मानिएका विराटनगरका ९ घोघापुल चोकका अतहर अन्सारीले आफ्ना टिमका सदस्यहरुलाई परिचालित गरेका छन्। अतहरले १० वर्षदेखि क्रिकेट म्याचको सट्टाबाजीमा कराडौंको कारोवार गर्ने गरेका छन्।  

समान्य परिवारमा जन्मिएमा उनले विगत १० वर्षदेखि मिटरब्याजी र क्रिकेटमा सट्टाबाजी गरेर करोडौंको कारोवार विराटनगरमा सुरु गरेका छन्। भारतमा इन्डियन प्रमियर लिगको प्रत्यक्ष अवलोकन गर्न जाने अतहरले यसपटक भने विराटनगरमा बसेर नै कारोवार सुरु गरेका छन् । गत वर्ष पनि कारोना भाइसरको कारणले दुवई सारजहा, अवुधावीमा संचालन भएको खेलको विराटनगरमा नै बसेर  सट्टाबाजी गरेका थिए । 

उनले सट्टाबाजी गरेर कमाएको अकुत पैसाबाट विदेशमा समेत लगानी गरेका छन्। उनले यस  पटक टिममा नयाँ युवाहरु जोडेका छन् ।
गत वर्ष सट्टेबाज पक्राउ भएपछि भुमिगत भएर सट्टेबाजी धन्दा चलाएका उनले विराटनगरमा डेरा गरेर बस्ने केही क्रिकेट खेलाडीहरुलाई समेत परिचालित गरेका छन्। नेपाली टिममा पर्न नसक्ने खेलाडीलाई सट्टेबाजी धन्धामा सामिल गराएर सट्टेबाजी धन्धालाई फराकिलो बनाएको स्रोतले जनाएको छ।  

अतहरले सट्टेबाजको धन्दाबाट कमाएको सम्पतीलाई बैध बनाउन आफ्ना दुई भाइलाई सपरिवार विदेश पठाएका छन् । प्रेम विवाह गरेका अतहरले आफ्नो सालालाई समेत दुवइ पठाएका छन् । पछिल्लो समय उनले विराटनगरमा विभिन्न प्रकारका व्यवसाय खेलेका छन्। उनले मजाहिद अन्सारीलाई विराटनगर स्थित घोघापुल चौकमा न्यु बाबा सर्भिस सेन्टर र शोरुमको म्यानेजर बनाएर त्यहींबाट सट्टाबाजीको कार्यालय खोलेको समाचार स्रोतले बताएको छ। 
आधा दर्जन स्टाफ शोरुमको नाममा राखिएको छ। तर स्टाफलाई सट्टाबाजीको रकम उठाउन लगाउने गरिन्छ।  

उनीसँग चार जना बिजनेस पाटनर छन्। गत वर्ष विराटनगरमा आईपीएलको खेलमा सट्टाबाजी गर्न बोलाइएका एक युवकलाई दुई दिन बन्धक बनाएको घटना सार्वजनिक भएपछि अतहरसहित उनका पाटनरहरु फरार भएका थिए ।  

विराटनगर–११ का रोनाल्डो भनेर चिनिने रोनाल कँडेलले विराटनगरकै पिन्टु भनिने पिन्टु बच्चा अग्रवाललाई बन्धक बनाएर मानसिक यातना दिंदै ८ लाखको चेकमा सही गराएको घटना बाहिर आएपछि विराटनगरमा सट्टाबाजी गर्ने समुहको सक्रिय भएको रहस्य गत वर्षदेखि खुलेको  थियो। उता मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले सट्टेबाजी समाप्त गर्न  प्रहरीले सक्रिय भएर लागेको बताए। गुनासो आएकाले केही व्यक्तिलाई निगरानीमा राखेर रंगे हात नियन्त्रण लिने गरी प्रहरी अघि बढेको उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.