घरघरमै खानेपानी आउन थालेपछि स्थानीय खुशी

घरघरमै खानेपानी आउन थालेपछि स्थानीय खुशी

सिरहा : वर्षौदेखि झण्डै दुई किलोमिटर टाढाबाट खानेपानी ल्याउनुपर्ने बाध्यता रहँदै आएको सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई नगरपालिका १४ अम्बासका स्थानीयलाई घरघरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका छन्।

धनगढीमाई नगरपालिका, लिवर्ट संस्थार स्थानीयको साझेदारीमा निर्माण भएको अम्बास सिंचाई तथा खानेपानी आयोजनाको उद्घाटन भएर घरघरमै जडित खानेपानीको धारामा पानी आएपछि स्थानीय खुसी भएका हुन्। 

खानेपानी आयोजनाको उद्घाटन गर्दै धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले सम्पन्न खानेपानी आयोजनालाई सबैले अपनत्व हुने गरी पानी खान आग्रह गरे। 

खानेपानीको शुद्धताको बारेमा सबैले सचेत ढंगले अगाडि बढ्न आग्रह गर्दै नगरप्रमुख चौधरीले दीर्घकालीन रुपमा खानेपानीलाई टिकाउन सबैको सहयोग अपरिहार्य रहेको बताए। 

भौगोलिक रुपमा कठिनाई रहेको उक्त क्षेत्रका २२ घर परिवारका लागि नगरपालिकाको ७ लाख १९ हजार, लिबर्ड संस्थाको ३ लाख ८० हजार र करिव ५ लाख स्थानीय जनश्रमदान गरी झण्डै १५ लाख ८८ हजार ६५५ रुपैयाँ लगानीमा खानेपानी योजनाको काम सम्पन्न भएको हो। 

१४ हजार लिटर अट्ने खानेपानी ट्यांकी निर्माणले त्यस वरपरका २२ घर परिवारलाई घरघरमै  जडित धाराबाट खानेपानी उपलब्ध हुनेछ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.