कोरोना कहरले प्रभावित सिरूवा पर्व

कोरोना कहरले प्रभावित सिरूवा पर्व

झापा: राजवंशी जातिको महत्त्वपूर्ण सिरूवा पर्व कोरोना कहरले गर्दा प्रभावित बनेको छ । कोरोना महामारीका कारण अघिल्लो वर्ष पनि उक्त पर्व मनाइएको थिएन ।

वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरी ‘पानी सिरुवा’ मनाउने गरिन्छ । वैशाख २ गते भने हिलो छ्यापाछ्याप गरी 'काद सिरूवा' मनाउने गरिन्छ ।

वर्षभरी शीतलता प्राप्त होस् भनी आफन्त र साथीभाइमा यस पर्व मनाउने चलन छ । रिसराग हराएर जाओस् भन्ने कामना गर्दै पानी सिरुवा खेल्ने चलन रहेको भद्रपुरका पुकार राजवंशीले बताए । उनले भने 'माटोसँगको आत्मीयता कायम राख्नको लागि काद सिरुवा मनाउने प्रचलन छ। ३ गते ‘रङ सिरुवा’ खेलिन्छ। उक्त दिन नयाँ वर्ष थप रंगीन बनोस् भनेर शुभकामना साटासाट गर्ने गरिन्छ ।'

सिरुवा पर्व पनि अन्य चाडपर्व जस्तै कोरोना सुरु भएपछिको दुई वर्ष भने प्रभावमा परेको छ । नयाँ वर्षको सुरुवाती तीन दिन विभिन्न स्थानमा हुने सिरुवा सांस्कृतिक कार्यक्रमहरू अन्य गैरराजबंशी माझ पनि उत्तिकै लोकप्रिय हुँदै गएको थियो ।

अघिल्लो वर्ष पनि भर्खरै सुरु भएको लकडाउनले सिरुवा पर्व प्रभावित भएको थियो। यस वर्ष पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासनले भीडभाडमा रोक लगाएको छ ।

कोरोना कहरसँगै सिरुवा प्रतिको रौनकता नै हराउने डर भएको राजवंशी समाज विकास समिति केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष मोहन राजवंशी बताउँछन् । मोहनका अनुसार प्रशासनले जमघटमा रोक लगाए पनि गाउँका केही ठाउँहरूमा युवाहरू एक आपसमा भेला भएर रमाइलो भने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.