दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु

दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु

राजविराज : बिरामीलाई अस्पताल पुर्‍याएर फर्किएको एम्बुलेन्स चालकको शुक्रबार दुर्घटनामा परी मृत्यु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करले भएको दुर्घटनामा स १ च ५५२ नम्बरको एम्बुलेन्स चालक सिरहा सुखिपुर बस्ने ५० वर्षीय छेदीलाल कामतको घटनास्थलमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिर जाने प्रवेशद्वार अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरित दिशातर्फ आउँदै गरेको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ । ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ । घटना लगत्तै बस चालक फरार भएकाले खोजतलास जारी रहेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.