दाउन्नेमा बस खस्यो : ३१ घाइते

दाउन्नेमा बस खस्यो : ३१ घाइते

परासी : बुटवल नारायणगढ सडकमा पर्ने पूर्वी नवलपरासीको दाउन्ने पहाडबाट यात्रु बस खस्दा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये ५ कोअवस्था गम्भीर छ। उनीहरूको परिचय खुलेको छैन।

बुुटवलबाट नारायणगढतर्फ जाँदै गरेको  ना ५ ख ७००० नम्बरको बस पहाडबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका नायब उपरीक्षक दिलिपकुमार गिरीले बताए। 

बसमा ३१ जना यात्रु थिए। उनीहरू सबै घाइते भएका हुन्। सांझ ६ बजे भएको दुर्घटनामा परेर घाइते सबैको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ। 

बस आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हो। घटनालगत्तै दुम्किवास प्रहरीले घाइतेको उद्धार सुरू गरेको ट्राफिक प्रहरी कार्यालयका नायब निरीक्षक मीन कुँवरले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.