केपी ओलीको हारको सुरुवात कर्णालीबाट : प्रचण्ड

केपी ओलीको हारको सुरुवात कर्णालीबाट : प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कर्णालीबाट प्रधानमन्त्री केपी ओलीको हारको सुरुवात भएको बताएका छन्। आइतबार चितवनको माडी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

'केपीजी लडाइँमा हारिसके। यसको सुरुवात कर्णालीबाट भयो। कसरी हार हुँदो रहेछ भन्ने कर्णालीबाट देखिएको छ। केही दिनपछि गण्डकी र लुम्बिनी प्रदेशमा देखिन्छ,' उनले भने,' हुनसक्छ त्यसअघि संघमा पनि हार देखिन सक्छ।'

अध्यक्ष प्रचण्डले लोकतन्त्रविरुद्ध केपी ओलीले हार्ने बाटो रोजेको भन्दै यसको परिणाम पनि देखिरहेको बताए। उनले यस्तो अवस्थामा धैर्यतापूर्वक एक भएर अघि बढ्नुपर्ने बताए। सत्ते र न्यायको जीत हुने भन्दै त्यसमा नअत्तिन समेत उनले आग्रह गरे।

सर्वोच्च अदालतले एक भएको पार्टीलाई पुन: पहिल्यकै अवस्थामा ब्युँउताइदिएकोप्रति कटाक्ष गर्दै तीन वर्षसम्म सँगै बसेका प्रेमप्रेमिकालाई अब तिमीहरुले सँगै बस्न पाउँदैन भनेजस्तो भएको बताए। 'प्रेमप्रेमिकाको गहिरो प्रेम छ। विवाह गरेको तीन वर्षपछि तिनीहरुलाई सँगै बस्न पाउँदैन भन्ने अदाललको कस्तो न्याय हो यो,'उनले भने,' यस्तो होला भनेर कल्पना पनि गरेका थिइनौं। 

उनले संसद् पुनरस्थापना भएपनि खतरा भने नटरेको बताए।  प्रचण्डले आइतबार नै यहाँको अयोध्यापुरीमा बन्दै गरेको राम, सीताको मन्दिरको पनि अवलोकन गरेका छन्।

अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ 

अध्यक्ष दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन्। मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको  निरीक्षणपछि उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताए।
 
उनले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको जनाउँदै भने, 'यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।' यसले धार्मिक प्रवद्र्धन मात्रै होइन धार्मिक पर्यटन प्रवद्र्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उनले बताए।
     
कम्युनिस्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले भने, 'कम्युनिस्ट धर्म संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।' जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवद्र्धन त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिष्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने उनले जिकिर गरे।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.