अस्पताल चहार्दा–चहार्दै मृत्यु

अस्पताल चहार्दा–चहार्दै मृत्यु

विराटनगर : विराटगरका ठूला अस्पतालले उपचार गर्न नमानेपछि एक ३५ वर्षीया महिलाको सोमबार बिहान ज्यान गएको छ। उदयपुर त्रियुगा नगरपालिका–६ जलजलेकी जैनव खातुनलाई स्वास्थ्य समस्या देखिएपछि सोमबार बिहान ३ बजे एम्बुलेन्सबाट विराटनगर ल्याइएको थियो।

आफन्तले बिरामीलाई सुरुमा गोल्डेन अस्पताल पुर्‍याएका थिए। त्यहाँ बिरामीको एन्टिजेन परीक्षण गरिएको थियो। त्यसपछि उक्त अस्पतालले यहाँ उपचार नहुने भन्दै अन्यत्र लैजान आफन्तलाई भनेको एम्बुलेन्स चालक राजा मियाँले बताए। 

‘म राति नै बिरामी बोकेर आएको थिएँ। मैले सुरुमा गोल्डेन अस्पताल पुर्‍याएँ’, मियाँले भने, ‘त्यहाँ एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएपछि अस्पतालले बिरामी लिन मानेन।’

गोल्डेनले भर्ना नलिएपछि सोही एम्बुलेन्सबाट बिरामीलाई विराट मेडिकल कलेज पुर्‍याइयो। तर, विराटले पनि बिरामी भर्ना लिन मानेन। ‘विराटमा लैजाँदा बिरामी ओराल्नै दिएनन्’, चालक मियाँले भने, ‘बिरामीको अवस्था गम्भीर हुँदै गएको थियो। त्यहाँबाट म्याक्स अस्पतालमा फोन गरेर सोध्यौं। त्यहाँबाट पनि नल्याउनू भन्ने जवाफ आयो। सबै रातभर रनभुल्लमा पर्‍यौं।’

तीन ठाउँ चहारेपछि कोसी अस्पताल पुग्दा बिहानको ४ बजेको थियो। कोसीको आइसोलेसनमा पनि ‘केयर’ नभएको भन्दै आत्तिएका आफन्तले केही समयमै नोबेल अस्पताल लगेका थिए। 

‘बिरामीलाई थप समस्या भएपछि सोर्सफोर्स लगाएर अझै राम्रो उपचार हुने आशामा आफन्तले नोबेल मेडिकल कलेज लैजाऊँ भने’, चालक मियाँले भने, ‘नोबेलले पनि उपचार गर्न मानेन। दौडेको दौडेकै बिरामीको ज्यान गयो।’ आफन्त आतिएर अन्य अस्पतालको विकल्प खोजेको कोसीका चिकित्सक बताउँछन्। यति धेरै अस्पताल चहार्दा पनि उपचार नपाएपछि बिहान ७ बजे पुनः बिरामीलाई कोसीमै ल्याइएको थियो। 

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अस्पताल ल्याइपुर्‍याउँदा बिरामीको अवस्था गम्भीर बनेको सुनाए। ‘बिरामीलाई धेरै अस्पताल दौडाइएको रहेछ’, डा. दासले भने, ‘आफन्तले बचाउने आशामा दौडाए। कोसीमा ल्याइपुर्‍याउँदा उनको अक्सिनको मात्रा घटिसकेकाले हामीले बचाउन नसकेका हौँ।’ 

सुरुमा ती बिरामीमा एन्टिजेन पोजिटिभ देखिए पनि पीसीआर परीक्षण नगरी उनको मृत्यु भएको कोसी अस्पतालका चिकित्सक बताउँछन्। 

गोल्डेनका प्रशासकीय अधिकृत सन्तोष मेहताले सुरुमा परीक्षण गर्दा एन्टिजेन पोजिटिभ आएकाले आफ्नो अस्पतालमा आइसोलेसन नहुँदा अन्यत्र रेफर गरिएको प्रतिक्रिया दिए। ‘हामीले पहिलो चरणको प्रक्रिया पूरा गरेका हौं’, मेहताले भने, ‘कोरोना संक्रमण हुने भएकाले अन्यत्र रेफर गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.