भोजपुर गोल्डकप : मोरङलाई हराउँदै भोजपुर सेमिफाइनलमा

भोजपुर गोल्डकप : मोरङलाई हराउँदै भोजपुर सेमिफाइनलमा

भोजपुर : सगरमाथा युथक्लब मोरङलाई हराउँदै आयोजक टिम भोजपुर चौथो अन्र्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न दोश्रो खेलमामोरङलाई ४–० गोल अन्तरले हराउँदै भोजपुरले सेमिफाइनलमा पुगेको हो । खेलको पहिलो हाफको १७औँ मिनेटमा निशान लिम्बूको गोलबाट भोजपुरले सुरुवाति अग्रता लिएको थियो । 

त्यसको १ मिनेट वित्न नपाउँदै भोजपुर विजय भुजेलले अर्को गोल थप्दै टिमको अग्रता दोब्बर बनाएका थिए । लगातार गोल हुने क्रममा सुवास तामाङले टोलीका लागि तेश्रो गोल थपे ।

पहिलो हाफसम्म ३–० को अग्रता बनाएको भोजपुरले दोश्रो हाफको १६ औँ मिनेटमा निशान लिम्बूले दोश्रो गोल गर्दै टिमलाई ४–० गोलअन्तरको अग्रता दिलाए । केही सुन्दर गोल गर्ने अवसर पाएपनि मोरङले गोल गर्न नसकेपछि खेलको नतिजा भोजपुरको पक्षमा गयो । योसँगै मोरङ प्रतियोगिताबाट बाहिरिएको छ । 

यसअघि आइतबार सम्पन्न क्वार्टर फाइनलमा धरानलाई हराउँदै भगवती स्पोर्टस् क्लब खोटाङ सेमिफाइनल प्रवेश गरिसकेको छ ।प्रतियोगिताअन्र्तगत मंगलबार धनकुटा फुटबल क्लब धनकुटा र अफ्रिकन रुट्स एशोसियसन (क्यामरुन) बीच प्रतिस्पर्धा हुनेछ । उक्तप्रतियोगिता ११ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.