हराउँदै कोरोनाको त्रास

हराउँदै कोरोनाको त्रास

गुलरिया : सरकारको प्राथमिकतामा परेका समूहहरुलाई कोरोना भायरस (कोभिड–१९) विरुद्धको खोप लगाउन थालेपछि समुदायमा कोभिडको त्रास हराउन थालेको छ। कोभिड नियन्त्रणको अग्रपंक्तिमा खटिने पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा दोश्रो प्राथमिकतामा वृद्धवृद्धालाई खोप दिन थालेपछि स्थानीयमा त्रास हराउन थालेको हो। पालो आएपछि सर्वसाधारणहरु खोप लगाउने प्रतिक्षामा छन्।

बर्दियाको ४ लाख ८३ हजार ६७४ जनसंख्या मध्ये शुक्रबार बिहानसम्म १४ हजार ७९८ जनाको पिसीआर परीक्षण गरिएको छ। परीक्षणका क्रममा १ हजार ५६३ जना कोरोना संक्रमित भेटिएका छन्। जसमा ६ जना सक्रिय संक्रमित छन्। बर्दियामा कोरोना संक्रमणका कारण १९ जनाले ज्यान गुमाएको जनस्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक छ। कोरोना संक्रमणको अवस्था अनुसार वाँसगढी नगरपालिका पहिलो, गुलरिया नगरपालिका दोस्रो र ठाकुरबाबा नगरपालिका तेस्रो स्थानमा छ।

जिल्लामा खोप लगाउने क्रम उत्साहजनक रुपमा भैरहेको जनस्वास्थ्य कार्यालय बर्दियाका कोभिड फोकल नरेशवावु श्रेष्ठले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.