नौलाई नइ पुरस्कार
काठमाडौं : नइ प्रकाशनले राष्ट्रिय जनजीवनका नौजना विशिष्ट महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।
नइ प्रकाशनले प्राडा.दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निणर्य गरेको छ। यस्तै कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ भने प्राडा. राजेन्द्र विमललाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ।
नइ प्रकाशनले नेपाल टेलिभिजनको स्थापनाका साथै नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी र ऐतिहासिक योगदानका निम्ति नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने भएको छ। यस्तै डा.मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ।
सुश्री शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’, वसन्तकुमार चौधरीलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’, सन्तोष शर्मालाई ‘नइ भाजप पुरस्कार’ र रूपन्देहीका जंबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ। यी सबै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ।