चाँडै परीक्षा सक्ने तयारीमा विद्यालयहरू

चाँडै परीक्षा सक्ने तयारीमा विद्यालयहरू

गुलरिया : दोस्रो चरणको कोभिड संक्रमणको अवस्था बढ्दै गएपछि बर्दियाका स्थानीय तह अन्र्तगतका विद्यालयहरू चाँडै परीक्षा सक्ने तयारीमा जुटेका छन्। पालिका अन्तर्गतका शिक्षा शाखाहरूले परीक्षाको तयारी थालेका हुन्।

गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयको शैक्षिक–सत्र ०७७ को वार्षिक परीक्षा ०७८ वैशाख १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको बढैयाताल गाउँपालिकाका शिक्षा प्रमुख विष्णुप्रसाद ढकालले बताए। ‘वैख २३ गतेसम्ममा सम्पूर्ण परीक्षा सकेर २५ गते नतिजा प्रकाशन गर्ने निर्णय गरेका छौँ’, उनले भने।

गाउँपालिकाका विद्यालयमा वैशाख ९ देखि १३ गतेसम्म परीक्षा तयारी विदा दिइएको छ। तर कर्मचारी र शिक्षकहरू भने अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको ढकालले बताए। 

यसैगरी ठाकुरबाबा नगरपालिकाका विद्यालयमा वैशाख १२ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताए। पालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन गरेको छ।

बर्दियाका गुलरिया, मधुवन, राजापुर, बारबर्दिया, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिका पनि परीक्षाको तयारीमै छन्। गुलरिया नगरपालिकाले वैशाख १४ गतेसम्म परीक्षा तयारी विदा दिएको छ। स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै परीक्षा सञ्चालन गरिने गुलरिया नगरपालिकाले जनाएको छ। 

कोभिडको त्रास फैलिंदै गएपछि जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरू परीक्षाको तयारीमा जुटेका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.