विषााक्त मासु खाएर ७० बढी गिद्ध मरे

विषााक्त मासु खाएर  ७० बढी गिद्ध मरे

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जितपुरमा ७० भन्दा बढी गिद्धहरु मरेको अवस्थामा बुधबार फेला परेका छन्। विश्वबाट लोपोन्मुख हुँदै गएका गिद्धहरु यति धेरै संख्यामा एकै पटक मरेको जिल्लामा यो पहिलो हो। 

गाउँको पोखरी नजिक खेतहरुमा मरेको अवस्थामा छरिएर रहेका गिद्धहरुको व्यवस्थापन हुन नसक्दा दुर्गन्ध समेत फैलिन थालेको छ। गाउँलेहरुले मंगलबार बिहान गिद्धहरु मरेको अवस्थामा देखेको बताएका छन्। गिद्धहरु रहेको स्थान नजिक दुई वटा कुकुरहरु मरेको अवस्थामा भेटिएका छन्। 

डोरीले बाँधेर फालेको अवस्थामा रहेका कुकुरहरुलाई विष खुवाएर मारेको हुन सक्ने र सोही कुकुरको मासु खाएका कारण गिद्धहरु मरेको हुन सक्ने आंशका स्थानीयको छ। यसअघि गाउँमा यतिका धेरैको संख्यामा गिद्धहरु नदेखेको र आहारा खोज्ने क्रममा उनीहरु आएको हुन सक्ने स्थानीय पवित्रा हरिजनले बताइन्। 

गिद्धहरु कसरी मरे भन्ने बारे अनुसन्धान गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीमा नमूना पठाइएको पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय परासीका प्रमुख डा. भरत काफ्लेले बताए। अनुसन्धानपछि मात्र कारण थाहा हुने उनले जानकारी दिए। दुर्गन्ध फैलिन नदिन नगरपालिकाले गिद्धहरुलाई खाल्डोमा पुर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए। प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्धहरुको संरक्षण अभावमा संकटमा पर्दै गएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.