एकै वडाका ५ जना फरार अभियुक्त पक्राउ

एकै वडाका ५ जना फरार अभियुक्त पक्राउ

भैरहवा: रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी करार भएका पाँच जना फरार अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न समयमा रुपन्देही अदालतले जरिवाना सजायको फैसला गरेपछि उनीहरु फरार थिए । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी नायब निरीक्षक विजय कुमार शाही समेतको टोलीले फरार सबै अभियुक्तहरुलाई उनीहरुको घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । फरार सबै एकै वडाका हुन् ।

पक्राउ पर्नेमा लागूऔषध अन्य मुद्दामा दोषी ठहरिएर दुई हजार जरिवाना सजाए भएको रुपन्देहीको तिलोत्तमा ७ भलवारीका पवन भन्ने विक्रम थारु र सोही स्थानको सोही मुद्दामा एक हजार जरिवाना सजाय भएको अजय बाल्मीकी भन्ने अजय हेला रहेका छन् ।

यस्तै भ्रष्टाचार अन्य मुद्दामा एक हजार जरिवाना सजाय भएको सोही स्थानका असई भन्ने कृष्ण बहादुर गुरुङलाई पनि पक्राउ गरी फैसला कार्यान्यवनका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । उनका अनुसार फरार सबै  अभियुक्तहरुलाई पक्राउ गर्ने क्रम जारी छ ।

यस्तै जालसाजी मुद्दामा १३ हजार रुपैयाँ जरिवाना सजाएको फैसला सुनाइएको सोही वडा जहदाका दुर्गाप्रसाद ज्ञवाली र सवारी ज्यान मुद्दामा २ हजार रुपैयाँ जरिवाना सजाय पाएको सोही वडा दल्काका बिनोद मुसहरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अदालतबाट सजाय पाएका र आपराधिक घटना घटाएर फरार रहेका आरोपीहरुलाई पक्राउ गर्नका लागि रुपन्देही प्रहरीले विशेष प्राथमिकता साथ कार्य अगाडी बढाएको जनाएको छ । जसका लागि प्रहरीको ‘क्याप टोली’लाई सक्रिय बनाउनुका साथै सबै इलाका र चौकीका इन्चार्जहरुलाई खोजीमा खटाइएको छ ।

‘फरार रहेका अपराधीहरु समाज रहेर पुनः अपराधिक क्रियाकलाप गर्न सक्ने विषयलाई नकार्न सकिँदैन’ रुपन्देहीका एसपी मनोज केसीले अन्नपूर्णसगँ भने, ‘त्यसैले जिल्लामा शान्ति सुरक्षा कायम राख्न फरार अपराधीहरुलाई पक्राउ गर्न आवश्यक देखिएकोले पक्राउ गर्न सुरु गरेका हौँ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.