विकासमा फड्को मार्दै गढीमाई

विकासमा फड्को मार्दै गढीमाई

रौतहट : रौतहटको १८ स्थानिय तहमध्ये धेरै पछाडि परेको गढीमाई नपाको बिकासको गतिलाई तिव्रता दिन मेयर श्याम प्रसाद यादव योजनाबद्ध रूपमा लागि परेका छन्। यसका लागि शिक्षा क्षेत्रको सुधारलाई उनले पहिलो प्राथमिकतामा राखेका छन्। 

पहिले नगरभरी समनपुरमा मात्रै मावि तहसम्म पढाइ हुने विद्यालय थियो। अहिले संग्रामपुर, धरमपुर र बिनग्रामा रहेको विद्यालयमा मावि तहसम्म पढाइ हुन्छ। नगरमा ४ वटा मावि सञ्चालनमा छन्। विद्यालयको पूर्वाधार विकास र शिक्षाको सुधार गर्न नगरपालिकाले सुरुका दिनमा योजनाहरू ल्याएको मेयर यादव बताउँछन्।

 कक्षा कोठामा मोबाइल निषेध, छात्रालाई विद्यालय जानआउँन साइकल वितरण, अधिकाशं विद्यार्थीलाई झोला र स्टेसनरी सामाग्री वितरण गरीएको छ। विषयगत शिक्षकहरू नगरबाटै  नियुक्त गरिएका र डेक्सबेन्च पर्याप्त व्यवस्था गरिएकाले शिक्षाको गुणस्तरमा निकै सुधार आएको पाइन्छ।

 शैक्षिक मापदण्डअनुसार केन्द्रिय सरकारले दरबन्दीअनुसारको शिक्षक व्यवस्था नगरिदिएकाले नगरपालिकालाई आर्थिक भार थपिएको गुनासो मेयर यादवको छ।

मेयर श्याम प्रसाद यादव ।

जिल्लाको पूर्वी तथा मध्य भागमा रहेको रौतहटको गढीमाई नगरपालिकामा पछिल्ला बर्षहरूमा विकासले गति लिएको छ। ९ वटा वडामा बिभाजित उक्त नगरपालिकामा विकास निर्माणका काम पनि अगाडि बढाइएका छन्।

तीन वर्ष अघिसम्म नगर भित्रका सबै बाटोहरूमा बर्षाको समयमा हिँड्न सकिने अवस्था थिएन। तर अहिले टोलका भित्री बाटोहरूसमेत कालोपत्रे र ढलान भइसकेका छन्। तीन वर्ष भित्र नगरक्षेत्रमा ३० किलोमिटरभन्दा बढी ढलान तथा कालोपत्रे सडक निमार्ण भएका छन्। मुख्य राजमार्ग र छिमेकी  नगरपालिका जोड्ने मुख्य सडकहरूको स्तरोन्नती भइरहेको छ।  

नगरभित्रका मुख्य सडकलाई ५० फिट चौडाइ बनाएर गरुडादेखि समनपुर, बिनग्रादेखि धरमपुरसम्म काम भइरहेको छ। रौतहट र सर्लाही जिल्ला जोड्ने धरमपुरस्थित बागमती नदीमा पक्की पुल निमार्ण भए पनि नदी कटानका कारण सडक नहुँदा पुल सञ्चानमा थिएन। तर गत वर्षदेखि सडक निमार्ण गरेर नगरपालिकाले दुई जिल्ला जोड्ने पुल सञ्चालनमा ल्याएको छ।

वडा वडामा खानेपानीका ओभरहेड ट्यांकीहरू निमार्ण भइरहेका छन्। नगरको ९ वटै वडामा यसै आर्थिक वर्षभित्र स्वच्छ खानेपानीको व्यवस्था गर्न काम भइरहेको छ। दुई वटा खानेपानीको ट्यांकी सञ्चालनमा आइसकेको छ भने दुई वटा निमार्णको चरणमा छन्। 

गढीमाइ नगरको गौरवका योजनाहरू रजैया सडक, फन पार्क, स्टेडियम, एतिहासिक सैनिक पार्क र जिल्लाकै पुरानो एवं एतिहासिक समनपुर बजारको विकासको योजनाहरू सुरु गरीएका छन्। एतिहासिक समनपुर बजारको विकासको लागी गुरुयोजना तयार पारेर काम अगाडि बढाइएको छ। 

समनपुरमा एक करोडको लागतमा राजदेवी मन्दिर निमार्ण सम्पन्न भएको छ भने सुन्दरपुरमा रहेको गढीमाइ मन्दिरको स्तरोन्नती गरीएको छ। 

नगरपालिकाको सुबिधा सम्पन्न तीन तले प्रशासनिक भवन निमार्ण अन्तिम चरणमा पुगेको छ भने ८ वटा वडाको आफ्नै वडा कार्यालय सञ्चालनमा रहेको छ।

धरमपुरमा रहेको स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाउँनका लागी सबै प्रक्रियाहरू पुरा गरिसकिएको छ। यसै आर्थिक वर्षबाट स्वास्थ्य सेवा सुरु हुने गढीमाई नपाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले जानकारी दिए।

नगरको मुख्य बजार क्षेत्र तथा चोकहरूमा सोलार बत्तीहरू जडान गरिएका छन्। मलाही, सिगारवन, धनाडी र धरमपुर पछिल्लो समय नयाँ बजारको रूपमा विकास भइरहेका छन्। सामाजिक सुरक्षा कार्यक्रमअन्र्तगत नगरभित्र रहेका हिँडडुल गर्न नसक्ने अपांगहरूलाई ह्विलचेयर वितरण गरिएको छ।

यस आर्थिक वर्षमा सुबिधा सम्पन्न खेलकुद मैदानका साथै कवर्ड हल निमार्ण गर्ने, नगरपालिकाको पाश्र्वचित्र तयार पार्ने, बजारिकरणसँगै फोहरमैला व्यवस्थापन तथा डम्पिङसाइटको उपयुक्त स्थान खोजी गर्ने काम भइरहेको छ। 

विकासका यस्ता कामहरू सम्पन्न गर्ने क्रममा धेरै चुनौतीको सामना पनि गर्नु परेको छ। यसै क्रममा अहिलेसम्म ११ वटा मुद्धा नगरपालिकाले खेपिसकेको गुनासो मेयर यादवले गरे। चुनौतीलाई अवसरको रूपमा लिएको र इमान्दारीताका साथ काम गर्दा डराउँनु नपर्ने धारणा पनि उनले राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.