बनको आगोमा जलेर वृद्धाको ज्यान गयो

बनको आगोमा जलेर वृद्धाको ज्यान गयो

स्याङ्जा : बनमा लागेको डढेलोमा परी ७२ वर्षीया एक वृद्धाको ज्यान गएको छ। आधीखोला गाउँपालिकाका एक महिलाको आगोमा जलेर मृत्यु भएको हो। 

गाउँपालिका १ अर्घौदी बस्ने टीकाकुमारी तिवारीको रातो पहिराको पाखोमा लागेको आगोमा जलेर आइतबार साँझ मृत्यु भएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

व्रतन्धको निम्तो मानेर घर फर्किने क्रममा आगोमा परी जलेर मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखेको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
यसैगरी जिल्लाभित्रका बनजंगलमा दिनहुँ दर्जनौं स्थानमा आगलागी भएको खबर आउने गरेको प्रहरीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.