अस्पतालमा बेड छैन : कोरोनाका गम्भीर बिरामी भुँइमा छटपटाउँदै

अस्पतालमा बेड छैन : कोरोनाका गम्भीर बिरामी भुँइमा छटपटाउँदै

परासी : पश्चिम नवलपरासीमा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमतिका गम्भीर बिरामीहरुलाई उपचारमा समस्या भएको छ। छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा बिरामीहरु जिल्ला अस्पतालमा छटपटाएर बस्नु पर्ने बाध्यता छ। 

सोमबार बिहान कोरोना संक्रमितका गम्भीर बिरामी भई आएका रामग्राम–९ का ४० वर्षिय युवालाई सुविधायुक्त अस्पतालमा पठाउन खोजिएपनि बेड अभावले पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएको छ। उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

बिरामीलाई सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए। भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा गम्भीर बिरामीहरुको उपचार हुँदै आएको छ। उक्त दुवै अस्पतालमा सोमबार बिहानदेखि बेडको व्यवस्था गर्न अनुरोध गरेपनि अस्पताल प्रशासनले खाली नभएको जानकारी दिएका कारण बिरामीलाई जिल्ला अस्पतालमा सामान्य उपचार गरेर राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।‘अवस्था गम्भीर जस्तै छ। बेड खाली हुने बित्तिकै भैरहवा वा बुटवल पठाउछौँ। ’ प्रजिअ मिश्रले भने। 

जिल्लामा सुविधायुक्त आइसोलेशन बनाउन कुनै पनि स्थानीय तहले वास्ता गरेका छैनन्। पछिल्लो पटक १५ दिनको अवधिमा रामग्राम नगरपालिका क्षेत्रमा दैनिक जसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने यो अवधिमा रामग्राममा मात्र ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। तर नगरपालिकाले सामान्य आइसोलेन बनाउन समेत वास्ता गरेको छैन। 

यसैबीच स्थानीय तहहरुले आइसोलेसन बनाउन वास्ता नगरेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले जिल्ला अस्पतालमा सुविधायुक्त आइसोलेसनको तयारी गरेको छ। अस्पतालको पुरानो भवनमा १० बेडको एचडियु (प्रेसरबाट अक्सिजन दिने) सेवा सञ्चालनको लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए।

जिल्लामा दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। आइतबार र सोमबार मात्र जिल्लामा ४३ नयाँ संक्रमित देखा परेका छन्। १५ दिनको अवधिमा जिल्लाभरी कुल ४ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.