सिरहाको धनगढीमाई नगरपालिकामा धनीपूर्जा वितरण

सिरहाको धनगढीमाई नगरपालिकामा धनीपूर्जा वितरण

सिरहाः वर्षौदेखि गाउँब्लोकमा घर बनाएर बसोबास गरे पनि जमिनको पूर्जाबाट वञ्चित रहँदै आएका सिरहा धनगढीमाई नगरपालिकाका स्थानीयहरुले जग्गाधनी पूर्जा पाउने भएका छन् ।

धनगढीमाई नगरपालिका नगर प्रमुख हरि नारायण चौधरी र नापी कार्यालय लहानका प्रमुख ई. रबिन सिंहद्वारा संयुक्त रुपमा पहिलो चरणमा ३० जना जेष्ठ नागरिक, महिला दलित जग्गाधनीलाई पूर्जा वितरण सुरु गरेको हो ।

बाँकी रहेको जग्गाधनी पूर्जा बितरण कार्यक्रमलाई नगरपालिका र नापी कार्यालय लहानको समन्वयमा वडा कार्यालयमार्फत् बितरण गरिने नगर प्रमुखश्री हरि नारायण चौधरीले बताए । विशेषतःविपन्न परिवारले उक्त नगरपालिकामा वर्षौदेखि गाउँब्लकको जग्गामा सयौंले बसोबास गरे पनि हालसम्म जग्गाधनी लालपूर्जा पाउन सकेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.