बेड नपाउँदा कोरोना संक्रमित युवकको मृत्यु

बेड नपाउँदा कोरोना संक्रमित युवकको मृत्यु

परासी : अस्पतालमा बेड नपाउँदा कोरोना संक्रमित पश्चिम नवलपरासी रामग्राम नगरपालिका-९ का ३५ वर्षीय युवकको मृत्यु भएको छ। श्वास फेर्न गार्‍हो भएपछि उनलाई सोमबार बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएर सामान्य उपचार सुरू गरिएको थियो।

आईसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि जिल्लामा सो सेवा उपलब्ध छैन। उनको थप उपचारका लागि भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरेपनि बेड अभावले सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले जानकारी दिए। 

`हामीले सोमबार बिहानैदेखि भैरहवा र बुटवलको कोभिड अस्पतालमा बेडको व्यवस्था गर्न अनुरोध गर्दै आएका थियौं। आईसियुमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई बेड अभावले जिल्ला अस्पतालमै राख्नुपर्दा उपचार अभाव मै मंगलबार बिहान उनको ज्यान गयो,´ डा. होदाले भने। 

दुई दिन अघि मात्र उनका बाबुको कोरोनाकै कारण घरमा मृत्यु भएको थियो। दोस्रो चरणको कोरोना संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए। जसमा १० दिनको अवधिमा रामग्राम नगरपालिकाका मात्र मृत्यु हुनेको संख्या ४ पुगेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या र संक्रमितको संख्या बढ्दै गएपनि सदरमुकाममै पर्ने रामग्राम नगरपालिकाले सामान्य आइसोलेसन बनाउनेतर्फ वास्ता गरेको छैन।

त्यसैगरी अन्य स्थानीय तहले पनि सुविधायुक्त आइसोलेसन बनाउनेतर्फ वास्ता नगर्दा स्थानीयहरूले जनप्रतिनिधिहरूको आलोचना गर्न थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.