राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त
काठमाडौं : राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश लिल्लीरत्न श्रेष्ठ नियुक्त भएका छन्।
निर्वाचन आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको हो।
निर्वाचन ऐन, २०७५ को दवफा ७ बोमिजम न्याय परिषद्को परामर्शमा प्राप्प्त नामावलीका आधारमा उनलाई वैशाख १६ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको आयोगका प्रवक्ता एवं सहसचिव राज कुमार श्रेष्ठले जानकारी दिए।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य पदबाट रामबहादुर थापालाई कारवाही गरेपछि रिक्त रहेको एक सिटमा जेठ ६ मा उपनिर्वाचन हुन लागेको हो।