आईसीयूको पर्खाइमै निधन

आईसीयूको पर्खाइमै निधन

प्रदेश ब्युरो

बुटवल : अस्पतालमा बेड अभावले उपचार नपाउँदा पश्चिम नवलपरासीको रामग्राम–९ का ३५ वर्षीय युवकको मंगलबार बिहान मृत्यु भएको छ। सास फेर्न गाहो भएपछि उनलाई सोमबार बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखेर उपचार सुरु गरिएको थियो। आईसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि जिल्लामा सो सेवा उपलब्ध छैन। 

उनको थप उपचारका लागि भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरे पनि बेड अभावले अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए। ‘हामीले सोमबार बिहानैदेखि भैरहवा र बुटवलको कोभिड अस्पतालमा बेडको व्यवस्था गर्न अनुरोध गर्दै आएका थियौं। आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई बेड अभावले जिल्ला अस्पतालमै राख्नु पर्दा उपचार अभाव मै उनको ज्यान गयो’, डा. होदाले भने। 

उनका बाबुको दुई दिनअघि मात्र कोरोनाकै कारण घरमा मृत्यु भएको थियो। दोस्रो चरणको कोरोना संक्रमण सुरु भएदेखि जिल्लामा पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले बताए। जसमा १० दिनको अवधिमा रामग्राम नगरपालिकाका मात्र मृत्यु हुनेको संख्या ४ पुगेको छ।

लुम्बिनी प्रदेशमा कोरोना संक्रमणसँगै मृत्युदर बढेको छ। प्रदेशभर पछिल्लो १४ दिनमा कोरोनाबाट ७६ जनाको मृत्यु भएको छ। चैत ३१ गतेसम्म ४ सय २१ जनाको मृत्यु भएको थियो। अहिले त्यो संख्या बढेर ४ सय ९८ पुगेको छ। प्रदेशमा दैनिक औसत पाँच जनाको मृत्यु भएको छ।

संक्रमण पनि अत्यधिक बढेको छ। समीक्षा अवधिमा ६ हजार ५ सय ८७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र रूपन्देहीमा संक्रमण तीब्र रूपमा बढेको हो। मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले तराईका जिल्लामा संक्रमणदर तीव्र रूपमा बढिरहेको बताए। यसको प्रमुख कारण भारतबाट नेपाल आउनेको संख्या बढ्नु र असावधानी रहेको छ। मंगलबार मात्रै बाँकेमा साढे ६ सय र रूपन्देहीमा ४ सय १९ जना संक्रमित थपिएका छन्। बाँके, दाङ, कपिलवस्तु, पाल्पा र नवलपरासीमा पनि संक्रमण उच्च दरमा वृद्धि भइरहेको छ। 

पाल्पामा मंगलबार थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ७८ जनाको स्वाव परीक्षण भएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। पाल्पामा सक्रिय संक्रमितको संख्या १ सय ९८ पुगेको छ। एक हप्ताको अवधीमा भएको परिक्षणमा संकलित स्वाब परीक्षण मध्येमा आधा भन्दा बढीमा सक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। 

मंगलबार मात्र तानसेन नगरपालिका भित्रका ३१ जना, बगनासकाली, माथागढी र रिब्दिकोट गाउँपालिकाका २/२ जना,  रम्भा, तिनाउ, निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ। पाल्पामा कुल संक्रमितको संख्या २ हजार २ सय २० पुगेको छ ३९ जना संक्रमितको मृत्यु भएको छ भने  १ हजार ९ सय ८३ जना निको भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.