चितवनमा बिहीबारदेखि निषेधाज्ञा
![चितवनमा बिहीबारदेखि निषेधाज्ञा](https://annapurnapost.prixacdn.net/media/albums/corona-virus__20200904104235_TsDpPbvhI2.jpg)
चितवन : कोभिड सङ्क्रमितको संख्या बढ्न थालेपछि चितवनमा भोलि (बिहीबार)देखि निषेधाज्ञा जारी हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए।
कोभिड १९ संकट व्यवस्थापन समिति (सिसीएमसी)को सिफारिसमा सरकारले शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगे स्थानीय प्रशासनले नै निषेधाज्ञा गर्न सक्ने अधिकारको प्रयोग गरेर निषेधाज्ञा जारी गरेको हो।
चितवनमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएसँगै कुल सक्रिय संक्रमितको संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)