बोलेरो दुर्घटनामा एकको मृत्यु, १२ घाइते

बोलेरो दुर्घटनामा एकको मृत्यु, १२ घाइते

उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा बुधबार बोलेरो जीप दुर्घटनामा एकजनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । 

मध्यान्न १२ बजेतिर उदयपुरगढीको तावाश्रीबाट गाईघाटतर्फ आउँदै गरेको स.१.च. ९३९ नम्बरको बोलेरो नागवेलेमा अनियन्त्रित भइ दुर्घटना हुँदा उदयपुरगढी गाउँपालिका–१ का ३७ वर्षीय शिव खत्रीको ज्यान गएको हो । 

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट पठाइएकोमा उदयपुरगढी गाउँपालिका–१ का ३७ वर्षीय शिव खत्रीको बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए । 

अन्य घाइतेलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बिराटनगरस्थिन न्युरो अस्पतालमा पठाएको जनाइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.