२२८ प्रतिशतले बढ्यो कोरोना भाइरस संक्रमण

२२८ प्रतिशतले बढ्यो कोरोना भाइरस संक्रमण

काठमाडौं : कोेरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा मुलुकभर फैलिँदै गएको छ। गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन्। जसका कारण मुलुकभरका अस्पताल भरिएका छन्। 

सघन उपचार कक्ष (आईसीयू), भेन्टिलेटर र अक्सिजन अभावले समस्या झन् जटिल बन्ने विज्ञ बताउँछन्। संक्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले नेपालमा एक जना संक्रमितले दुई व्यक्तिलाई संक्रमण सारिरहेको बताइन्।  डा. श्रेष्ठका अनुसार संक्रमणदर हेर्ने हो भने विभिन्न मुलुकमध्ये नेपालको उच्च छ। ‘गत वर्ष भारतभन्दा नेपालमा संक्रमण एक महिना पछाडि थियो। यो वर्ष नेपालले पनि भारतको जस्तै मोड लिँदै छ’, डा. श्रेष्ठले भनिन्, ‘भारतभन्दा नेपालमा संक्रमणदर धेरै बढेको छ। पोजेटिभ दर बढ्दै जाँदा समुदायमा संक्रमण छिटो फैलिरहेको बुझ्न सकिन्छ। मृत्युको संख्या पनि बढेको छ। यही दरमा बढ्दै गए एक वर्षमा देखेको संक्रमितको संख्या अबको तीन महिनाभित्रमा नै देख्नेछौं।’ 

पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट यो मात्रामा संक्रमण पुष्टि भएको हो।

डा. श्रेष्ठले गम्भीर परिस्थितिमा आइपुगेका बताइन्। ‘यही गतिमा संक्रमणको दर बढ्दै गए दैनिक १ सय ५० जना संक्रमितले ज्यान गुमाउनुपर्ने हुन्छ’, उनले भनिन्। पछिल्लो चौबीस घण्टामा १० जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। संक्रमणदरको चेन ब्रेक गर्न निशेधाज्ञा उपयुक्त भएको डा. श्रेष्ठले बताइन्। निशेधाज्ञा उल्लंघन नगरी स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने महामारी वेग रोक्न सकिने उनको भनाइ छ। 

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार संक्रमण अहिले गणितीय दरमा वृद्धि भइरहेकाले अस्पतालमा आईसीयूको माग बढ्दै गएको छ। संक्रमितमध्य झन्डै ८० प्रतिशतलाई सामान्य लक्षण हुने र धेरैलाई अस्पताल भर्ना हुन नपर्ने डा. पौडेलले बताए। ‘संक्रमितमध्ये करिब २० प्रतिशतलाई अस्पतालमा भर्ना भई अक्सिजन चाहिने संभावना हुन्छ’, डा. पौडेलले भने। 

संक्रमणको कन्ट्याक्ट टे«सिङको टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै डा. श्रेष्ठले सरकारको मात्र भर नपरी संक्रमित आफैंले पनि तुरुन्त खबर गरी स्व क्वारेन्टाइनमा बस्न प्रेरित गर्नुपर्ने बताइन्। अहिले गरिएको परीक्षणको दायरा विस्तार गर्नुपर्ने, स्थानीय तहले पनि परीक्षणको क्षमता वृद्धि गर्नुपर्ने डा. श्रेष्ठको सुझाव छ। 

‘सबैजना जिम्मेवार बन्नुपर्ने भएको छ। जनस्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने भएको छ। कोरोना संक्रमणको लक्षण देखिएपछि स्वाब दिन र नतिजा नआइञ्जेलसम्म भेटघाट नगरिदिनु होला। यति गरे पनि संक्रमण दर घट्न पुग्छ’, निर्देशक डा. पौडेलले भने।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार १३ हजार ८ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ७ सय ७४ मा संक्रमण पुष्टि भएको थियो। त्यस्तै  ९ सय बढीको एन्टिजेन परीक्षण गर्दा १ सय २३ जनामा गरेर ४८ सय ९७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौंमा १४ सय ६४ गरेर उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.