उपत्यकामा थप १५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप १५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं :  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जनामा कोरोना संक्रमण भेटिएको हो।

बिहीबार मात्रै नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा उपत्यकाकासहित  ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ। १२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार थप ८८८ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ। मन्त्रालयका अनुसार ५९ जना ३४ हजार ११७ आइसोलेसनमामा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.