१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको अभियोगमा २ युवक पक्राउ

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको अभियोगमा २ युवक पक्राउ

दाङ: सल्यानमा १४ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कारको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

सल्यानको बनगाड कुपिन्डे नगरपालिकाकी १४ वर्षीया बालिकालाई माघ १० गते बलत्कार गरेको अभियोगमा दुईजनालाई प्रहरीले प्रहरीले बिहीबार पक्राउ गरेको हो । बालिकालाई ज्यानमार्ने धम्की आए पनि र अभिभावकहरु घर नभएका कारण यो घटना अहिले सार्वजनिक भएको प्रहरी जनाएको छ ।

बलात्कार अभियोगमा पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिकाका २ जना युवा छन् । सामूहिक बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले बैशाख १६ गते दिएको जाहेरीका आधारमा आरोपित बनगाड कुपिण्डे नगरपालिकाका १६ वर्षीय र १७ वर्षीय युवकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको सल्यान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

यसरी घटेको थियो घटना

कक्षा ८ मा अध्यनरत पीडित बालिका माघ १० गते स्बेलुका बहिनी खेल्न निस्किएकी हुनाले बेलुका बहिनी खोज्न घर बाहिर निस्केकी ती बालिकालाई छिमेकी युवाहरुले समातेर नजिकैको गोठमा लगे ।

एउटाले मुख बन्द गरेको थियो भने अर्को युवाले उनीलाई समाएर बाख्रा बाध्ने गोठमा लगेपछि पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । आर्थिक अवस्था कमजोर भएकी बालिकाका बुवा र आमा मजदुरीका लागि भारतमा रहेको र बालिका सहित दुई दिदी बहिनी हजुर आमासँग बस्दै आएका थिए ।

बालिकाको बुवा र आमा रोजगारीबाट फर्किएपछि यो कानुनी प्रक्रिया अघि बढेको परिवारले बताएको छ । आरोपितहरुले घटना बारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएपछि बालिकाले घटनाबारे कसैलाई भन्न नसकेको परिवारले जनाएको छ । बालिकाले पीडा सहन नसकेर पटक पटक आत्माहत्याको प्रयास समेत गरेको बताएकी छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.