नेपाल सुपर लिग : धनगढी बराबरीमा रोकियो

नेपाल सुपर लिग : धनगढी बराबरीमा रोकियो

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले ललितपुर सिटी एफसीसँग अंक बाँडेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुरसँग १–१ गोलको बराबरीमा रोकिएपछि धनगढीले अंक बाँडेको हो।

बिहीबारको नतिजाले धनगढीले शीर्ष स्थानमा उक्लिने अवसरसमेत खेर फाल्यो। विदेशी खेलाडी ओलावाले आफिजले गरेको गोलको अग्रता ललितपुरका रञ्जन विष्टले बराबरीमा ल्याएपछि निकै रोमाञ्चक बनेको बिहीबारको खेल बराबरीमै सकिएको हो। 

खेल अवधिमा २५ सट प्रहार गर्दा १० सट अनटार्गेट हानेको ललितपुर पनि १३ सटमा ८ अनटार्गेट प्रहार गरेको धनगढीविरुद्ध बराबरी गोल मात्र फर्काउन सक्षम बन्यो। खेलमा प्रायः समय ललितपुरले पकड जमाउँदा १ अफसाइड गोल र  प्राप्त पेनाल्टीको एउटा अवसरसमेत खेर फाल्यो।  

खेलको पाँचौ मिनेटमा विमल रानाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार धनगढीका गोलकिपर तथा कप्तान किरण चेम्जोङले रोकेपछि आएको रिबाउन्डको अवसरलाई कप्तान अञ्जन विष्टले उत्कृष्ट ढंगले गोल गरेका थिए। तर, रेफ्रीले अफसाइड संकेत गरेपछि ललितपुरले अग्रता बनाउन सकेन।  २७औं मिनेटमा ललितपुरले अर्को अवसर खेर फाल्यो। राष्ट्रिय टोलीका सदस्यसमेत रहेका इरिक विष्टले गरेको लामो प्रहार पोस्टको नजिकबाट बाहिरियो।  ४२ औं मिनेटमा कप्तान अञ्जन विष्ट गोल गर्न चुक्दा  ४४ औं मिनेटमा ललितपुर गोलको नजिक पुगेर पनि बञ्चित भयो। धनगढीका कप्तान किरण चेम्जोङले ललितपुरे कप्तान अञ्जन विष्टलाई कुहिनाले धकेलेपछि ललितपुरले पेनाल्टीको अवसर पायो, तर विदेशी खेलाडी नुर्लान जाहिदको पेनाल्टी प्रहार किरणले बिफल बनाइदिए। 

६० औं मिनेटमा धनगढीका मार्की खेलाडी विशाल राइले फ्रि–किक प्रहार गरे पनि गोल गर्न सकेनन्। ६६ औं मिनेटमा बुद्धबल तामाङको सशक्त प्रहार पोस्टको बारभन्दा केही माथिबाट बाहिरिएपछि धनगढी गोलको दोस्रो राम्रो अवसरबाट बञ्चित भयो।  खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाए। तर, खेलको ७९ औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा ल्याए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.