उदयपुरमा थप ६ जनामा कोरोना संक्रम‍ण

उदयपुरमा थप ६ जनामा कोरोना संक्रम‍ण

उदयपुर : उदयपुरमा ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार बिहीबार चारजना एन्टिजेन टेष्टबाट र दुई जना पीसीआर परीक्षणबाट जाँच गर्दा संक्रमण पुष्टि भएको हो । 

बिहीबार दिउँसो कार्यालय परिसरमा एन्टिजेन विधिबाट ११ जनाको परीक्षण गर्दा रौतामाई गाउँपालिका ५ का ६८ वर्षीय पुरुष, त्रियुगा नगरपालिका ८ का ३३वर्षीय पुरुष र त्रिनपा ६ का २६ र २८ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको उनले बताए । 

त्यसैगरी पाँचजनाको पीसीआर प्रविधिबाट परीक्षण गर्दा दुईजनालाई संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा दोस्रोचरणको कोराना भाइरसको लहरबाट संक्रमित हुनेको संख्या २० पुगेको छ । त्यसैगरी कोरोनाबाट एक महिलाको मृत्यु भइसकेको छ ।

यसैबीचमा दुईजनाले कोरोना जितेर घर फर्किएका छन् । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ रहेको छ । स्थानीय तहसँगको समन्वयमा ९ जना होम आइसोलेसन र ८ जना क्वारेन्टिनमा बसेका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.